प्रत्यक्ष वैदेशिक लगानी : पहिचान नै छैन लगानी गर्ने क्षेत्र

प्रत्यक्ष वैदेशिक लगानी : पहिचान नै छैन लगानी गर्ने क्षेत्र

काठमाडौं : विदेश भ्रमण वा विदेशी सरकारका प्रतिनिधिसँग हाम्रा प्रधानमन्त्रीदेखि अरु मन्त्रीहरूले बडो गौरवका साथ आमन्त्रण गर्छन्, ‘वैदेशिक लगानीलाई स्वागत गर्छौं, लगानी लिएर आउनुुस्, उद्योगधन्धा सञ्चालन गर्न हामी उचित वातावरण प्रदान गर्छौं ।’

सरकार प्रमुखदेखि मन्त्रीसम्मले सबै विदेशी सरकारका प्रतिनिधि र लगानीकर्तालाई यही भन्ने गर्छन् तर, व्यवहारमा भने विदेशी लगानी भिœयाउने सवालमा हालसम्म सरकारले ठोस रणनीति नै बनाएको छैन । सम्भावित क्षेत्र तोकेरै सरकारले आवश्यक रणनीति नबनाउँदा अपेक्षित वैदेशिक लगानी भित्रन सकेको छैन ।

लगानी बोर्डका सहसचिव उत्तमभक्त वाग्लेका अनुुसार हालसम्म बोर्डबाट लगानीका सम्भावित क्षेत्र यकिन भए पनि त्यस्ता क्षेत्रअन्तर्गत ठोस रुपमा किटान नै गरेर हुने लगानी क्षेत्र पहिचान हुन सकेको छैन । उनले भने, ‘अहिलेसम्म त्यस्ता निश्चित वस्तुु नै तोकेर विदेशी लगानीका सम्भावित उत्पादनको पहिचान राज्यबाट भएको छैन । हामीले त लगानीका क्षेत्र पहिल्याइदिएका छौं ।’

उत्पादनकै क्षेत्रमा खाद्य वस्तुुुु प्रशोधन तथा प्याकेजिङ उद्योग, क्लिंकर तथा सिमेन्ट उद्योग, औषधि उद्योग, पल्प तथा कागज उद्योग र फुुुुटवेयर उद्योगलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । तर, वैदेशिक लगानीकै लागि विशिष्टीकृत वस्तुु पहिचान हुुन नसकेको उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए । यस्तो लगानीका लागि निजी क्षेत्रबाट समेत हालसम्म विशिष्टीकृत क्षेत्रको पहिचान भएको छैन ।

भट्टराईले त्यस्ता वस्तुुको पहिचान हुुन नसक्दा सरकारले त्यसलाई प्रोत्साहन गर्ने वा सुुविधा दिने विषयमा योजना ल्याउन नसकेको बताए । ‘अहिलेसम्म विदेशी लगानीकै लागि भनेर उपयुुक्त देखिएका निश्चित उत्पादनका वस्तुु निर्धारण भएको छैन’, उनले भने, ‘त्यसैले त्यस्ता वस्तुुको उत्पादनमा प्रोत्साहन गर्ने विषयले सरकारको नीतिमा प्रवेश पाउन नसकेको हुुन सक्छ ।’ विदेशी लगानी आकर्षित गराउन निजी क्षेत्र र सरकारले विभिन्न चरणमा सम्भावना बोकेका क्षेत्रको पहिचान ग¥यो । करिब चार वर्ष अगाडि निजी क्षेत्रले अध्ययन गरी नेपालमा विदेशी लगानीका लागि सात क्षेत्रको पहिचानसहितको प्रतिवेदन समेत बनायो ।

तर, ती क्षेत्रअन्र्तगत विशिष्टकृत सम्भावना बोकेको उत्पादनका क्षेत्रको पहिचान हुुन सकेको छैन । सात क्षेत्रमा लगानी गर्न सकिने र २१ क्षेत्रमा वैदेशिक लगानीमा बन्देज लगाउनुुपर्ने उक्त अध्ययनले देखाएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले विदेशी लगानीमा उद्योग खोल्न सरकारले प्रत्साहन दिनुुुुपर्ने नीति बनाउनुुपर्ने बताए । ‘विदेशबाट भित्रने ठूला लगानीलाई प्राथमिकतामा राखेर नीति ल्याउनुुपर्छ । यसले समग्र अर्थतन्त्रलाई राम्रो बनाउँछ’, उनले भने । लगानी बोर्डका अनुुसार वस्तुुगत हिसाबमा बर्जित गरिएका निश्चित उत्पादनबाहेक ती सात क्षेत्रले सबैखाले उत्पादनलाई समेटेको छ । बोर्डका प्रवक्ता वाग्लेले भने, ‘बोर्डले २१ वटा क्षेत्रमा विदेशी लगानीलाई बन्देज गरेको छ । ती बाहेकका क्षेत्रमा लगानी आकर्षित गर्ने, उत्पादन पहिचान गर्ने जिम्मा निजी क्षेत्रको हो ।’

सम्भावित क्षेत्र तोकेरै सरकारले आवश्यक रणनीति नबनाउँदा अपेक्षित वैदेशिक लगानी भित्रन सकेको छैन ।

मझौला उद्योग ‐५ किलोवाटभन्दा बढी क्षमताको ऊर्जा खपत गर्ने बाहेक), व्यक्तिगत सेवा, हतियार तथा विस्फोटक पदार्थ, विकीरण उत्पादन गर्ने उद्योग, जग्गा कारोबार, नोट तथा सिक्का जस्ता २१ वटा वस्तुुमा सरकारले विदेशी लगानीमा रोक लगाएको छ । चालुु आर्थिक वर्षको बजेट वक्तव्यमा समेत राष्ट्रिय पुुँजी निर्माणमा विदेशी लगानीलाई प्रोत्साहन गरी नेपाललाई विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बनाउनेछ । साथै, व्यवसाय दर्ताका लागि प्रक्रिया सहज बनाउने सरकारको योजना छ । यस्तै विदेशी लगानीलाई सहज बनाउन एकद्वार प्रणाली लागू गर्ने बताइएको छ । तर, सरकार र निजी क्षेत्रले कुुनै निश्चित उत्पादनको पहिचान गर्न नसक्दा अपेक्षाअनुुसारको लगानी भिœयाउनेमा शंका रहेको लगानीकर्ता बताउँछन् ।

उद्योगी शशिकान्त अग्रवालले ठूलो लगानी भिœयाउन पूर्वाधारको चरम अभाव भएको बताए । सरकारले कुुन स्तरको विदेशी लगानी भिœयाउने भन्ने विषयमा अन्योल भएको उनको कथन छ । विशिष्टीकृत क्षेत्रमा लगानी भिœयाउने विषयमा बृहत अध्ययनको खाँचो रहेको अग्रवालले बताए । हालसम्म अत्यधिक महŒव हाइड्रोलाई दिइएको छ । तर, सम्भावना हाइड्रोबाहेक अन्य विशिष्टीकृत क्षेत्र भएको उनले बताए ।

सन् २०१४ मा नेपाल उद्योग वाणिज्य महासंघको ‘नेपाल इन्भेस्टमेन्ट प्रोजेक्ट प्रोफाइल’ मा सातवटा वैदेशिक लगानीका लागि गन्तव्यका क्षेत्र पहिचान गरेको छ : कृषि, पर्यटन, पूर्वाधार, उत्पादन, जलविद्युुत्, सेवाका क्षेत्र र खानी तथा खनिजका क्षेत्र छन् । वैदेशिक व्यापार घाटाको व्यवस्थापन चुुनौतीपूर्ण भइरहँदा महासंघले विदेशी लगानी आकर्षण गर्ने उपाय पहिचान गरेको थियो । यस्तै नेपाल लगानी बोर्डले पछिल्लो समयमा जलविद्युुत्, यातायात, कृषि, पर्यटन, सूचना सञ्चार तथा प्रविधि, खानी तथा खनिज, उत्पादन र शिक्षा तथा स्वास्थ्य गरी आठवटा क्षेत्र पहिचान गरेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुुसार वैदेशिक लगानीका लागि अनुुमति लिँदा प्रतिबद्धता जनाएको रकमको एक तिहाई मात्र भित्रिएको छ । २०७२÷०७३ मा प्रतिबद्धता गरिएको रकमको ३८ दशमलब ८१ प्रतिशत मात्र वैदेशिक लगानी भित्रिएको तथ्यांकले देखाएको हो । यस्तै २०७४/०७५ मा प्रतिबद्धता गरिएको रकमको ३१ दशमलब ४६ प्रतिशत विदेशी लगानी भित्रिएको छ । ५५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आए पनि १७ अर्ब ५१ करोड २८ लाख रुपैयाँ मात्र रकम भित्रिएको छ । २०७३/७४ मा १५ अर्ब २० करोड ६४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएकामा १३ अर्ब ५० करोड ३९ लाख रुपैयाँ भित्रिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.