अधिकारप्राप्तिका नाममा जबर्जस्ती स्वीकार्य छैन : प्रधानमन्त्री

अधिकारप्राप्तिका नाममा जबर्जस्ती स्वीकार्य छैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा हुने कुनै पनि जबर्जस्तो स्वीकार्य नहुने बताएका छन्। संविधान दिवसका अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा भएको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधानले सबै नागरिकलाई अधिकार दिएको उल्लेख गर्दै अब अधिकारप्राप्तिका नाममा हुने जबर्जस्ती स्वीकार नहुने बताए।

'अब अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा हुने अनुचित क्रियाकलाप वा जबर्जस्ती स्वीकार्य छैन', प्रधानमन्त्री ओलीले भने, 'अब हुने आन्दोलन विकास र समृद्धिका लागि हुनुपर्छ जसको उद्देश्य नागरिकमा दायतित्ववोध गराउने हुनुपर्छ।'

संविधानले लोकतन्त्रका सबै विश्वव्यापी मान्यता संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैखालका आर्थिक शोसण, असन्तुष्टि र विद्रोहका स्वरहरूलाई संविधानले सम्बोधन गरेको बताए

प्रधानमन्त्रीले तीब्र विकास चाहने र बिस्तारै चल्न खोज्नेबीचको बेमेलले परिणाम देखिने गरी काम गर्न नसकिएको बताएका छन्। 'अलमल भइहाल्छ नि भनेर सुस्तरी चल्ने वा तीब्र विकास गर्ने भन्नेबीचको बेमेलले परिणाम देखिन नसकेको हो भन्ने मलाई लाग्छ', प्रधानमन्त्रीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.