सरकारका कामको नतिजा किन आएन ? प्रधानमन्त्रीले खुट्याए कारण

सरकारका कामको नतिजा किन आएन ? प्रधानमन्त्रीले खुट्याए कारण

काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षौदेखिको विकास र समृद्धिको चाहना पूरा गर्ने बाहेक कुनै पनि बहानाबाजी जनतालाई सैह्य नभएको सरकारले बुझेको बताएका छन्।

संविधान दिवसका अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा भएको विशेष समारोहलाई सम्बोधन गर्दै उनले  विकास र समृद्धि एक्लो प्रधानमन्त्री वा सरकारको नीजि विषय नभएको धारणा राखे।  उनले भने–‘समृद्धि र विकास, एक्लो प्रधानमन्त्री वा सरकार, कुनै एकदल वा व्यक्ति विशेषको नीजि विषय होइन, हाम्रो राष्ट्रिय संकल्प हो।’ 

परिणाम देखिने गरि काम नभएको गुनासो आफूले पनि सुनेको बताउदै प्रधानमन्त्रीले अब परिवर्तन महसूस गराउने बताए। ओलीले भने –‘समृद्धिको प्रश्नमा कुरा धेरै भयो, काम भएन भन्ने गुनासाहरु मैले पनि सुन्दै आएको छु। हामी अहिले भन्ने चरणबाट गर्ने चरणमा प्रवेश गरेका छौँ, सपना देखाउने चरणबाट परिवर्तन महसूस गराउने प्रक्रियामा प्रवेश गरेका छौँ, भन्ने स्पष्ट छु।’ 

‘सोचेको परिणाम नआएको ? दोष हामीले छानेको प्रणालीको हो, या हामीले चुनेको नेतृत्वको ? अमिल्दो हाम्रो संरचना हो वा हाम्रो जनशक्ति नयाँ संरचना नमिलेर हो ? नयाँ नेपाल निर्माणमा किन अलमल ?’ जस्ता प्रश्न आउन थालेको प्रधानमन्त्रीले बताए। 

नेपालमा विकास नहुनुको मुख्य कारण सेवा प्रबाहमा हुने ढिलासुस्ती र लापरबाही भएको बताए। सुस्तरी चल्ने तथा दौडन खोज्ने बीचको द्वन्द्वले अहिलेको अलमल आएको प्रधानमन्त्रीकोप निष्कर्ष छ। 

प्रधानमन्त्री ओलीले 'भइहाल्छ नि' भन्दै सुस्तरी चल्ने वा 'गरि हाल्लान् नि' भन्दै चल्दै नचल्नेहरु र जनआकांक्षा अनुरुप शीघ्र विकासको लागि तीब्र गतिमा दौडन खोज्ने पक्षहरू बीचको बेमेलको कारण आजको अलमल भएको धारणा राखे।

अविकासमा बाँचेको, पछौटेपनमा अल्मल्याइएको नेपाल, सरकार बनेको ६ महिनामा सब ठीकठाक हुनुपर्ने आग्रह भएपनि वस्तुपरक नभएको ओलीको भनाई छ।

उनले संघीय प्रणाली नेपालको लागि नयाँ प्रयोग भएकाले व्यवहारको कसीमा घोटिने क्रममा नै यसले पूर्णता पाउने धारणा राखे। संघीयता ठीक कि बेठीक भन्ने प्रश्न अब सान्दर्भिक नरहेकाले राष्ट्रले निर्णय लिएपछि दृढतापूर्वक लागू गर्न अन्यौल र अलमललाई स्थान नहुने स्पष्ट पारे। 

संविधान निर्माण हुनुपूृर्वका आन्दोलन विषयहरु इतिहास भएको धारणा राख्दै प्रधानमन्त्री ओलीले अबको आन्दोलन विकास र समृद्धिको लागि हुने महान आन्दोलन भएकाले अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा अब कुनै प्रकृतिको जवरजस्ती र होहल्ला आवश्यक नभएको बताए। 

ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पछि परेको नेपाली समाजलाई रुपान्तरण गर्न सबैले संयुक्त रुपमा देखेको हुँदा पूरा हुने र पूरा गर्नै पर्ने सपना भएको धारणा राखे।
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.