बैतडीमा देउडा र छलिया खेलेर संविधान दिवस मनाइयो

बैतडीमा देउडा र छलिया खेलेर संविधान दिवस मनाइयो

बैतडी : बैतडीमा देउडा र छलिया खेलेर संविधान दिवस मनाइएको छ। खुसीयालीमा खेलिने छलिया नृत्य संविधान दिवसको अवसरमा खेलिएको हो। सदरमुकाममा आयोजित कार्यक्रम छलिया नृत्य प्रदर्शन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए। उनले भने, 'छलिया खुसीयालीको समयमा खेलिने विशेष प्रकारको नृत्य हो।नेपाली जनताको लामो बलिदानी पछि प्राप्त संविधानले हामीले खुसी तुल्याएकाले मौलिक संस्कृतिमा आधारित छलिया नृत्य प्रस्तुत गरेका हौं।'

साहीलेक बजारबाट बाजागाजा र छलिया नाचसहित दिवसको अवसरमा  र्‍याली निकालिएको प्रमुख भट्टले बताए। 'संविधान सबै नेपालीको साझा दस्तावेज भएकाले स्थानीयबासीको सहभागितामा हामीले दिवस भव्यताका साथ मनायौं। सबै सहभागीले छलिया नाचेर दिवसको अवसरमा खुसी मनाए।'  
उनले भने, 'संविधान दिवसको अवसरमा सरकारी कर्मचारी,राजनैतिक दलका पदाधिकारी र आम सर्वसाधरणले छलिया नाच्यौं, नचायौं र रम्यौं। यो हाम्रो खुसीयालीको दिन हो।'

यस्तै दिवसको अवसरमा पाटन नगरपालिका -८ खोड्पे बजारमा देउडा कार्यक्रमको आयोजना गरिएको हो। स्थानीयको सहभागितामा दिवसको अवसरमा डेउडा खेलिएको पाटन नगरपालिका प्रवक्ता लोकबहादुर भण्डारीले बताए। उनले भने, 'जनताको संविधान जारी भएको दिनको खुसीयालीमा जनताको सहभागितामा डेउडा खेल्यौं। स्थानीयबासीको पनि उल्लेख्य सहभागिता रह्यो।'

ड्यौडामा संविधानका विशेषता झल्किने शब्द प्रयोग गरिएका र यसले नागरिकलाई संविधानको बारेमा थप बुझाइ भएको पाटन नगरपालिका खोड्पेका हरिश बिष्टले बताए। उनले भने, 'ड्यौडा, छलियाजस्ता सांस्कृतिक धरोहर हुन्। हामीले विशेष अवसरमा यस्ता कुराहरु खेल्ने गर्दछौं। संविधान जारी भएको दिन पनि ऐतिहासिक दिन भएकाले देउडा खेलेर संविधान दिवस मनाएका हौं।' जिल्लाका सबै जसो स्थानीय तहहरुले विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.