उपराष्ट्रपति पुन र चीनका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

उपराष्ट्रपति पुन र चीनका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

छेन्दु : चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले शिष्टाचार भेट गरेका छन्। उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हुले सरकारी अतिथि गृहमा करिब एक घण्टा लामो शिष्टाचार भेट गरेका हुन्। 

चीनका उपप्रधानमन्त्रीसँगको भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध सगरमाथा जत्तिकै उचो नङ र मासु जस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताएका छन्। उनले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियाँैदेखि सांस्कृतिक एवम् विविध सम्बन्ध रहेको चर्चा गरे। उनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गरेका छन्।

उपराष्ट्रपतिले नेपालका प्रधानमन्त्रीहरुको भ्रमणको क्रममा भएका व्यापार तथा पारवहान सम्झौता र चीनले अगाडि सारेको बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई)मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताए। उनले चिनियाँ बन्दरगाहा प्रयोग सम्बन्धी सम्झौतामा चाँडै हस्ताक्षर हुनुपर्ने उल्लेख गर्दै त्यसमा हस्ताक्षर भएपछि नेपाल भूपरिवेष्ठित मुलुक नरहने बताए। 

उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमी चीनविरुद्ध गतिविधि गर्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले लासा काठमाडौं रेल परियोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै लासा, काठमाडौं, लुम्बीनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियालाई जोड्न सकिने र त्यसबाट चीनलाई नै बढी लाभ हुने बताए। ‘अवश्य पनि यसबाट नेपाललाई पनि ठूलो लाभ हुनेछ’, उनले भने। 
उपराष्ट्रतिले अवरुद्ध तातोपानी नाका सञ्चालमा जोड दिदै केरुङ नाकाको स्तरोन्नती, ओलाङचुङगोला लगायतका नाका सञ्चालनमा जोड दिए।

उनले नेपालले बुधबार नै संविधान दिवस मनाएको स्मरण गर्दै संविधान जारी, तीन तहको निर्वाचन र स्थायी सरकार बनेपछि नेपालको एकमात्र ध्यान आर्थिक समृद्धि भएको बताए। समृद्ध नेपाल, सुखी नेपालीको नारामा नेपाल अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै नेपालका समृद्धिका लागि चीनको ठूलो साथ सहयोगको खाँचो रहेको बताएका छन्। 

 उपराष्ट्रपतिसँगको भेटमा चीनका उपप्रधानमन्त्री हुले नेपाल चीनका घनिष्ठ र साझेदारी देश भएको बताएका छन्।  उनले नयाँ युगमा चीन नेपाल सम्बन्धलाई नयाँ उचाईमा उठाउनुपर्ने बताए। उनले बेल्ट एण्ड रोड एनिसियटिभको कार्यक्रममार्फत् नेपालसँगको परम्परागत सम्बन्धलाई चीनले नयाँ उचाईमा उठाउन चाहेको बताएका छन्। 

उपप्रधानमन्त्रीले नेपालले एक चीन नीतिप्रति जनाएको दृढ समर्थन र स्वतन्त्र तिब्बत गतिविधि नियन्त्रणमा खेलेको प्रभावकारी कदमका लागि धन्यवाद दिए। उनले नेपालमा स्वतन्त्र तिब्बत सम्बन्धी कुनै पनि गतिविधि नहुने र नेपाल सरकारले गर्न नदिनेमा चीन पूर्ण विश्वस्त रहेको बताएका छन् ।

१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा भाग लिन उपराष्ट्रपति बुधबार छुन्दु पुगेका हुन्। उनले बिहीबार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दैछन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.