चीन भ्रमणा सकेर प्रचण्ड स्वदेश फिर्ता

चीन भ्रमणा सकेर प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्किएका छन्। स्वदेश फिर्ता हुनुअघि उनले चिनियाँ उपराष्ट्रपति वाङ क्वी सानसँग भेटवार्ता गरेका थिए।

 चीनको च्याङ्सु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसलाई सम्बोधन सकेपछि उपराष्ट्रपति सानसँग दाहालको भेटवार्ता भएको थियो। सोही दिवसमा सहभागी हुन दाहाल चीन भ्रमणमा गएका थिए। 

उनी बुधबार राति एयर चाइनाको सिजेट ३०६७को जहाजबाट स्वदेश फर्केका हुन्। चिनियाँ उपराष्ट्रपतिसँगको भेटमा दाहालले नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना भएको र आफूहरूको योजना देशको समृद्धि भएको बताएका थिए। 

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार एवं चिनियाँ सरकारबीच भएका सम्झौता कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य भएको अध्यक्ष दाहालको भनाइ छ। 

उपराष्ट्रपति सानले दाहाललाई चीनमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका थिए। त्यसअघि अन्तर्राष्ट्रिय शान्ति दिवसलाई सम्बोधनका क्रममा दाहालले गरिबीमा राखेर केही कसैको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.