आलुको बोरामा भारतीय रुपैयाँ तस्करी, व्यापारी प्रहरीको फन्दामा

आलुको बोरामा भारतीय रुपैयाँ तस्करी, व्यापारी प्रहरीको फन्दामा

टीकापुर : कैलालीको भजनी नगरपालिका-३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन्। लम्कि चुहा नगरपालिका-१ लम्कीका ३२ वर्षीय कृष्णराज जैसी भारतीय रुपैयाँसहित पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल भजनीको टोलीले जैसीलाई नेपाल आउँदै गरेको बेला पक्राउ गरेको हो। जैसीले से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र भारतीय रुपैयाँ ल्याउँदै गर्दा पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी धिरेन्द्र शाहले बताए।

उनले बरामद भएको रकम इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको बताए। बरामद रकम कति हो भन्नेबारे एकिन नभएको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी शिवबहादुर सिंहले बताए। डीएसपी सिंहका अनुसार रकम गणना भैरहेको छ।पक्राउ परेका जैसी लम्किका व्यापारी हुन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.