तरकारी बजारको उद्घाटनमा प्रचण्ड

तरकारी बजारको उद्घाटनमा प्रचण्ड

भरतपुर : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दशकमा विकासका लागि एकता प्रदर्शन गर्ने बताएका छन्। 

आइतबार भरतपुर महानगरपालिकाको फलफूल तथा तरकारी बजारको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ‘हामीले धेरै वर्ष राजनीतिक संघर्ष र त्यसको समाधानमा बितायौं अबको दशक विकासमा एकता प्रदर्शन गर्ने हो,’ उनले भने, ‘हामीसँग आफैँले मिलाएर बनाएको संविधान, आफैँले मिलेर गरेको निर्वाचनबाट बनेको  सरकार छ। यसैबाट विकासमा संकल्प गर्ने समय यो दशक हो।’

विकासका लागि सकारात्मक सहकार्यबाट परिवर्तनका लागि अन्य दललाई उनको आग्रह छ। संविधानले देश छिटो विकास गर्ने परिकल्पना गरेकोसमेत उनको भनाइ छ। 

दाहालले किसानमुखी बजार विना उत्पादन नबढ्ने भएकाले यसमा लाग्न जोड दिए। बजारको समुचित विकास नगरेसम्म उत्पादन वृद्धि हुन नसक्ने उनको भनाइ छ। ‘बजार राम्रो भए उत्पादन स्वत बढ्छ’ दाहालले भने, ‘कृषिको आधुनिकताको लागि बजार व्यवस्थापन अत्यन्तै महत्वपूर्ण कुरा हो।’ 

फलफूल तथा तरकारी थोक व्यवसायीको अग्रसरतामा करिब १४ करोडको लगानीमा सुविधा सम्पन्न तरकारी बजार निमार्ण गरिरहेका छन्। भरतपुर महानगरपालिका-२ को क्षेत्रपुरमा फलफूल तथा तरकारी थोक व्यवसायीले आफ्नै पहलमा निमार्ण गरका हुन्।  

व्यवसायिले विगत २५ वर्षदेखि भरतपुर महानगरपालिकाको लायन्स चोकमा रहेको जग्गामा फलफूल तथा तरकारी मण्डीमा व्यवसाय गर्दै आएका थिए। व्यवसायी र महानगरपालिकाको सहकार्यमा जग्गा भाडामा लिएर आधुनिक तरकारी बजार बनाइएको हो। 
   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.