नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनसहित कारबाही फुकुवा

नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनसहित कारबाही फुकुवा

काठमाडौं : सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई पाँच बुँदे निर्देशनसहितको पत्र पठाएर दीर्घकालीन महत्वका परियोजना अघि बढाउन अनुमति दिएको छ । पाँच महिनादेखि सामान्य काममा अल्झिएको प्राधिकरणलाई सरकारले ठूला परियोजना अघि बढाउ पत्र पठाएको हो ।

यसअघि मन्त्रिपरिषद्बाटै निर्णय गरेर कारबाही स्वरुप सरकारले प्राधिकरणलाई महत्वपूर्ण सबै योजना रोक्न चार बुँदे निर्देशन दिएको थियो । आर्थिक अनियमितताको आशंकामा प्राधिकरण अध्यक्ष दिगम्बर झालाई सरकारले प्राधिकरणमार्फत अघि बढाइएका परियोजना यथास्थितिमा रोक्न निर्देशन दिएको थियो । निर्देशनसँगै गत वैशाख १३ गतेदेखि प्राधिकरण कामबिहिन बनेको थियो ।

आर्थिक अनियमितताको आशंका परियोजना यथास्थितिमा राख्न निर्देशन दिएको सरकाले अहिले झालाई नै पारदर्शी हुनु भन्दै काम गर्ने बाटो खोलको छ । प्राधिरणमा पुनः झा अध्यक्ष नियुक्त भएसँगै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले पत्र पठाएर यसअघि काम रोक्न दिएको निर्देशन खारेज गरेको हो ।

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकलेनै यो विषयमा निर्णय लिएको भए पनि प्राधिकरणका अध्यक्ष झाले भने मंगलबारमात्रै पत्र हात पारेका छन् । ‘पत्र आजैमात्र आइपुगेको छ’, अध्यक्ष झाले भने, ‘गत शुक्रबार नै मन्त्रिपरिषद् बैठकले विगतमा दिइएका चार बुँदे निर्देशन फिर्ता लिने निर्णय गरेको थियो । त्यसैका आधारमा मन्त्रालयलले पाँच बुँदे निर्देशनसहितको फुकुवा पत्र पठाएको छ ।’

मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार मन्त्रिपरिषद्को निर्णयको आधारमा मन्त्रालयले प्राधिकरणलाई अध्यक्षको कार्यकारी अधिकार समेत प्रयोग गर्न सक्ने गरी निर्देशन दिइएको छ । ‘हाल सरकारले प्राधिकरणलाई केही महत्वपूर्ण निर्देशन दिएको छ’, ढकालले भने, ‘त्यसमा सबैभन्दा महत्वपूर्ण पारदर्शी हुनैपर्ने भनी उल्लेख गरिएको छ ।’ उक्त पत्रमा प्राधिकरणले लाइसेन्स प्रक्रियालाई पारदर्शी बनाउँदै एकरुपता कायम गर्नुपर्ने निर्देशन, फ्रिक्वेन्सी वितरण पारदर्शी र व्यवस्थित बनाउनुपर्ने उल्लेख गरिएको अध्यक्ष झाले बताए ।

‘तेस्रो बुँदामा टेलिकम क्षेत्रको समग्र गुणस्तर सुधार कायम गर्नेतर्फ कदम चाल्नुपर्ने निर्देशन आएको छ’, उनले भने, ‘अर्कोमा ग्रामीण दूरसञ्चार विकास कोषको रकमबाट नेपालको सबै क्षेत्र र तहमा दूरसञ्चारको विकास र इन्टरनेट पुर्याउने आधार तय गर्नुपर्ने निर्देशन छ ।’ यसका साथै टेलिकम क्षेत्रको विकासका लागि प्राधिकरणले गर्न सक्ने कार्य स्पष्टरूपमा देखाउनुपर्ने भनी मन्त्रालयले पत्र पठाएको छ ।

उक्त पत्रमा मन्त्रालयले यसअघि प्राधिकरणको काम कारबाहीबारे अध्ययन गर्न गठन भएको समितिले दिएको सुझावको आधारमा प्राधिकरणले १५ दिनभित्र प्राधिरकणको सुधार र गर्नुपर्ने कार्य मन्त्रालयमा बुझाउनुपर्ने निर्देशन दिएको छ । सुझावकै आधारमा प्राधिकरणलाई आगामी दिनमा काम गर्न समेत निर्देशन आएको अध्यक्ष झाले बताए । ‘निर्देशनकै आधारमा प्राधिकरणलेपनि अबका दिनमा काम अघि बढाउनेछ’, झाल भने, ‘मेरो प्राथमिकता नै इन्टरनेटको विस्तार र ग्राहकमाझ त्यसको सहज पहुँचमा हुनेछ ।’

प्राधिकरणको काम कारबाहीबारे अध्ययन गर्न यसअघि सरकाले समिति गठन गरिएको थियो । उक्त समितिको अध्ययनले प्राधिकरणमा चरम विकृति मौलाएको निष्कर्ष निकाल्दै प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो । उक्त अध्ययन प्रतिवेदन तयार भएसँगै असारमा उनलाई सरकाले पदबाट बर्खास्त गरेको थियो । बर्खास्त भएपछि थमौतीका लागि अदालत पुगेका झाले अदालतको निर्णय पूर्वनै मुद्दा नै फिर्ता लिए ।

अदालतबाट पछि हटेको झा खुला प्रतिस्पर्धाबाट पुनः पाँच वर्षको प्राधिकरणको अध्यक्षका लागि नियुक्त भएका छन् । नियुक्तिको निर्णयसँगै आलोचना भइरहे भएता पनि सरकाले झालाई मंगलबारबाट सम्पूर्ण काम गर्ने बाटोसहित फुकुवा गरिदिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.