घडी जस्तै स्मार्टफोन

घडी जस्तै स्मार्टफोन

सामान्यतया हामीले स्मार्ट वाच भनेर सुन्ने गरेका छौं। यसलाई स्मार्ट फोनसँग कनेक्ट गरेर अथवा सिमकार्ड नै स्मार्ट वाचमा प्रयोग गरेर चलाउन सकिन्छ। अब त्योभन्दा पनि फरक उत्पादन विश्व बजारमा भित्रिएको छ। केही समयअघि मात्रै चिनियाँ कम्पनी जेडटीईको सबब्रान्ड नुबियाले हातमा लगाउन मिल्ने पहिलो स्मार्ट फोन सार्वजनिक गर्‍यो।

 कम्पनीले जर्मनीको बर्लिनमा आयोजित आईएफए २०१८ मा पहिलोपटक हातमा घडीजस्तै लगाउन सकिने स्मार्टफोन प्रदर्शन गरेको थियो।

आईएफएको प्रमुख आकर्षण बनेको उक्त डिभाइसको नाम थियो— नुबिया ए (अल्फा)। डिभाइसमा कब्र्ड ओएलईडी टच स्क्रिन डिस्प्ले राखिएको छ भने फ्रन्ट क्यामेरा पनि उपलब्ध छ। डिभाइसमा प्रयोग गरिएको उक्त क्यामेरामार्फत प्रयोगकर्ताले आवश्यक रूपमा सेल्फीका साथै अन्य फोटो पनि लिन सकिने कम्पनीले जनाएको छ। यसका साथै नुबिया ए (अल्फा)मा कम्पनीले माइक्रोफोन तथा बटन सपोर्टसमेत उपलब्ध गराएको छ।

उक्त डिभाइसको पछाडिको भागमा चार्जिङ पिन्स तथा हार्ट रेट सेन्सर प्रयोग गरिएको छ। यसमार्फत उक्त वेयरेबल डिभाइसले प्रयोगकर्ताको स्वास्थ्यस्थिति, हार्ट रेट, शरीरमा भएको क्याल्सियमको मात्रा लगायतका स्वास्थ्यसम्बन्धी जानकारी पनि प्रदान गर्नेछ। उक्त वेयरेबल स्मार्टफोनमा मेटल स्ट्रापको प्रयोग गरिएको छ; जुन ब्ल्याक, ब्लु र गोल्डेन कलर अप्सनमा आउने कम्पनीको आधिकारिक वेब पेजमा उल्लेख छ।

कम्पनीले उक्त वेयरेबल स्मार्टफोनका साथमा नयाँ स्मार्टफोन नुबिया रेड म्याजिक स्मार्टफोन पनि प्रदर्शनीमा राखेको थियो। उक्त स्मार्टफोनमा ६ इन्चको फुल एचडी प्लस स्मार्टफोन छ, जसमा १०८० गुणा २१६० पिक्सेलको रिजोल्युसन छ। फोनमा नोच राखिएको छैन भने एन्ड्रोएड ओरियो ८.० भर्सनको ओएसमा आधारित रहेको कम्पनीले जनाएको छ। क्वालकम स्न्यापड्रागन ८३५ प्रोसेसर प्रयोग गरिएको स्मार्टफोन ६ जीबी र ८ जीबी र्‍याम अप्सनमा बजारमा आउने कम्पनीले जनाएको छ। फोनमा ६४ जीबी र १२८ जीबी स्टोरेजको अप्सन रहेको छ भने माइक्रो एसडी कार्डमार्फत पाँच सय १२ जीबीसम्म स्टोरेज बढाउन सकिने उल्लेख गरिएको छ।

नयाँ सार्वजनिक गरिएको उक्त स्मार्टफोनमा २४ मेगापिक्सेलको सिंगल लेन्स रियर क्यामेरा र सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। नुबिया रेड म्याजिक स्मार्टफोनमा ३८०० एमएएचको ब्याट्री क्षमता छ। स्मार्ट फोनमा नुबिया फास्ट चार्जिङ टेक्नोलोजी प्रयोग गरिएको छ। फोनमा फोरजी, भीओएलटीई, थ्रीजी, वाइफाई, ब्लुटुथ, जीपीआरएस तथा यूएसबी टाइप सी पोर्ट लगायतका सुविधा रहेको कम्पनीको आधिकारिक वेबपेजमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.