बेहाल सुख्खड-भजनी सडक

बेहाल सुख्खड-भजनी सडक

टीकापुर : कैलालीको दक्षिणी भेगलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने सुख्खड–भजनी सडकखण्डको अवस्था दयनीय छ। वर्षायाममा पानी जमेर खाल्डा परेपछि सडकमा सवारी साधन चल्नै नसक्ने भएको हो।

सडकको अवस्था बिग्रिए पनि मर्मतमा सरकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। उनीहरुले स्थानीय सरकारले पटक–पटक सडक मर्मत गरे पनि गुणस्तरीय काम नहुँदा सडकको अवस्था झन बिग्रिएको आरोप लगाएका छन्। मध्यवर्ती क्षेत्रको निकै चल्तीको बजार मानिने सुख्खडदेखि भजनीसम्मको २४ किलोमिटर सडकमा सयौं ठाउँमा खाल्डा परेका छन्।

केहि समय उक्त सडकमा सार्वजनिक सवारीका साधन चल्न सकेका थिएनन्। वर्षायामको सामान्य पानीमा समेत सडकमा परेका खाल्डाले सडक हिलाम्मे हुने गरेको छ। भजनी नगरपालिका–४ बिजुलियाका नरेश चौधरीले हिँड्नै नसकिने गरी सडक बिग्रिएको बताए। ‘पानी नपरेको दिन जसोतसो हिँड्न सकिन्छ’ चौधरीले भने। ‘पानी परेको दिन पैदल हिँड्न समेत मुश्किल हुन्छ।’

सडकमा खाल्डा परेर हिँड्नै नसिकने अवस्था सिर्जना भएपछि जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दालाई निकै समस्या भएको छ। सो क्षेत्रका बासिन्दा बिरामी हुँदा समेत उपचार गराउन पूर्वपश्चिम राजमार्गसम्म पुग्नु पर्छ। उपचारका लागि नेपालगञ्ज र धनगढी जान समेत पूर्वपश्चिम राजमार्ग पुग्नै पर्छ। दक्षिण हुँदै भारततर्फ जाने भरपर्दाे सडक मार्ग नभएका उनीहरु उत्तरतर्फको राजमार्ग पुग्नुपर्ने बाध्यता छ।

       


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.