प्रदेश ३ का १० जिल्लामा हीलस्टेशन निर्माण गरिँदै
मकवानपुर : प्रदेश सरकारले पर्यटन प्रवधर्नको लागि १० स्थानमा हील स्टेश निर्माण गर्ने भएको छ । प्रदेश ३ का १० जिल्लाका विभिन्न १० स्थानमा हील स्टेशनको तयारी भएको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार होमस्टे शिलान्याशको क्रममा यस्तो हील स्टेशनबारे गुरुयोजना निर्माण भइरहेको बताएका हुन् । चालु आर्थिक वर्षभित्र दश जिल्लाका १० स्थानमा हील स्टेशन निर्माण गर्ने भएको हो । दोलखाको जिरी, रामेछापको शिवालय, नुवाकोटको ककनी, ललितपुरको कालेश्वर र धादिङको रुबी भ्यालीमा हील स्टेशन निर्माण गरिने बताइएको छ ।
यससँगै ‘घुम्न जाऔँ दामन’ वर्षको पनि औपचारिक सुरुवात गरिएको हो । बिहीबार ३९ औँ पर्यटन दिवसको सन्दर्भ पारेर थाहा नगरपालिका–११ मा औपचारिक रुपमा प्रदेश सरकारले प्रदेश पर्यटन गुरुयोजना निर्माण सुरु भएको भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेश तीनका अन्य चार मन्त्रीले संयुक्त रुपमा वृक्षरोपण गरेर बगैंचा निर्माणको पनि उद्घाटन गरे ।
मकवानपुरका सिमभञ्ज्याङ, दामान, बज्रबाराही, चित्लाङ र कुलेखानी क्षेत्रलाई समेटर गुरुयोजना निर्माण गरिने बताए । झिरघारीस्थित मैत्री बगैंचा निर्माणका लागि भीमफेदी गाउँपालिकाले २० लाख रुपैयाँ र प्रदेश सरकारले ४५ लाख रुपैयाँ चालु आर्थिक वर्षमा विनियोजन गरेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
यस्तै थाहा नगरापलिकास्थित कुन्छालको गोपाली गाउँमा होमस्टे सुरु भएको छ । सांस्कृति र ऐतिहासिक हिसाबले लोकप्रिय कुन्साललाई काठमाण्डौं नजिकको प्रमुख पर्यटन गन्तब्य बनाउने लक्ष्य सहित होमस्टे सुरु गरिएको मुख्यमन्त्री पौडेलले बताए।