मोबाइल क्यामेरामा मेगापिक्सेलको रफ्तार

मोबाइल क्यामेरामा मेगापिक्सेलको रफ्तार

कल्पना गर्नुस् त ती दिन, जुन बेला तपाईंसँग हातमा क्यामेरा भएर पनि सीमित रिलले चाहे जतिको फोटो खिच्न नसक्ने बाध्यता थियो। फोटोग्राफीका ती दिन फर्केर हेर्दा यो दुई दशकको अवधिमा ठूलो परिवर्तन आएको छ।

२० देखि ५० वटा फोटोमा सीमित हाम्रो फोटोग्राफीले अहिले छलाङ मारेको छ। रिल क्यामेरादेखि डिजिटल हुँदै आज मोबाइल फोटोग्राफीसम्म आइपुग्दा फोटो खिच्ने शैलीमा समेत परिवर्तन भएको छ। अहिले फोटोमा पनि सेल्फीको ठूलो क्रेज छ। अहिले आफ्नो फोटो आफैंले खिचेर देखाउने प्रचलनको बाढी उर्लिएको छ। कुनै बेला समूहमा बसेर एउटा फोटो खिचाउन पाउँदा मक्ख पर्ने मानिस अहिले सेल्फीसँग रमाइरहेका छन्।

रिल क्यामेराबाट डिजिटल हुँदा पनि एउटा ठूलो चमत्कार नै भएजस्तो भएको थियो। डिजिटल क्यामेराबाट पनि अब त फोन क्यामेरा भएको छ। क्यामेरा फोनको विकाससँगै मान्छेको हातहातमा क्यामेरा पुगेको छ, त्यो पनि असीमित फोटो लिन सकिने सुविधाका साथ। सन् २००० मा पहिलोपटक सामसुङले मोबाइल क्यामेराको सुरुआत गरेको थियो।

०.३५ मेगापिक्सेलको क्यामेरा भएको उक्त फोनमा २० वटा फोटो स्टोरेज क्षमता थियो। अहिले मोबाइल क्यामेरा ४८ मेगापिक्सेल सम्मको पाइन्छ। २० मेगा पिक्सेलसम्मका क्यामेरा त अहिले सामान्य नै भइसकेका छन्। नेपाली बजारमा हेर्न हो भने पनि अहिले यहाँ २४ मेगा पिक्सेलसम्मका क्यामेरा भएको स्मार्टफोन छन्। विस्तारै यो क्रम बढ्दै गएको छ। यहाँ विश्व बजारमा उपलब्ध सबैभन्दा धेरै मेगापिक्सेल भएका तीन मोबाइल क्यामेराको चर्चा गरिएको छ ः

 सोनी आईएमएक्स ५८६

सोनीले केही समयअघि मात्रै विश्व बजारमा एउटा नयाँ उत्पादनको बारेमा घोषणा गर्‍यो। त्यो थियो, ‘सोनी आईएमएक्स ५८६’। यो स्मार्टफोन क्यामेरा फोनको दुनियाँमा एउटा नयाँ आयाम थियो। उक्त स्मार्टफोनमा पहिलोपटक ४८ मेगा पिक्सेल भएको क्यामेरा प्रयोगमा ल्याइने छ। त्यो स्मार्टफोन सन् २०१९ मा विश्व बजारमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ। डे लाइट तथा नाइट लाइट फोटोग्राफीका लागि यो स्मार्टफोन सबैभन्दा उत्कृष्ट स्मार्टफोनका रूपमा आउने अपेक्षा गरिएको छ।

 नोकिया लुमिया १०२०

नोकिया लुमिया १०२० सन् २०१३ मा विश्व बजारमा सार्वजनिक भएको स्मार्टफोन हो। यो स्मार्टफोनमा ४१ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ। अहिलेको अवस्थामा यो नै सबैभन्दा बढी मेगा पिक्सेल भएको क्यामेरा फोन हो। यो स्मार्टफोन आएको एक वर्षको अवधिमै माइक्रोसफ्टले नोकियालाई खरिद गरेसँगै यो स्मार्टफोनको बजार सकिएको छ।

 हुवावे पी २० प्रो

हुवावे पी २० प्रो विश्व स्मार्टफोन क्यामेराको दुनियाँमा एउटा नयाँ आयाम नै हो। हुवावेले गत वर्ष मात्रै आफ्नो फ्ल्यागसिप स्मार्टफोन पी २० प्रो सार्वजनिक गर्‍यो। यसमा कम्पनीले ४० मेगा पिक्सेलको क्यामेरा प्रयोगमा ल्याएको छ। मेगापिक्सेलको हिसाबमा सोनी र नोकियाभन्दा पछि परेको भए पनि यो स्मार्टफोनको क्यामेराको क्वालिटी भने ती दुईको तुलनामा उत्कृष्ट रहेको दाबी गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.