नीति निर्माण गर्ने नै भ्रष्ट छन् : मुख्यमन्त्री पौडेल

नीति निर्माण गर्ने नै भ्रष्ट छन् : मुख्यमन्त्री पौडेल

हेटौंडा : तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति निर्माण गर्ने नै भ्रष्ट रहेको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बिहीबार हेटौंडामा भ्रष्टाचार नियन्त्रण सम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा उनले भने, ‘हाम्रो ऐन निमय नै भ्रष्टाचार गर्ने प्वाल राखेर बनेको हुन्छ, अनि कहाँबाट हुन्छ भ्रष्टाचार नियन्त्रण।’

देशको सबै क्षेत्रमा भ्रष्टाचार व्यप्त रहेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले नीतिगत तहमा हुने भ्रष्टाचार सबैभन्दा चुनौतीको विषय रहेको बताए। 

‘ऐन नियम मिलाएर संस्थागत रुपमा हुने भ्रष्टाचार नियन्त्रण नभएसम्म सानातिना भ्रष्टाचार नियन्त्रण गरेर शुसासन कायम हुँदैन’,उनले भने,‘त्यसको लागि सबैले अआफ्नो ठाउँबाट निर्मम ढंगबाट सुधारिने प्रयास गर्नुपर्छ।’

ठूला विकासका आयोजनामा भ्रष्टाचारका लागि ठूलो ठाउँ राखेर काम सुरु हुने गरेको मुख्यमन्त्री पौडेललेको दाबी छ। ‘डीपिआर तयार पार्दा नै दुई सय प्रतिशत बढी मूल्य राखेर बनाइएको हुन्छ, अनि ठेकेदारले ५० प्रतिशत कम मूल्यमा ठेक्का हाल्दा पनि उसलाई नाफा भएकै हुन्छ’, देशको विकृतिप्रति कटाक्ष गर्दै उनले भने, ‘हामीले भ्रष्टाचारी खोज्ने होइन भ्रष्टाचारलाई बढवा दिने ऐन कानुनहरुलाई सच्याउनुपर्छ।’ सार्वजनिक खरिद ऐनका गलत प्रावधानका कारण बढी नीतिगत भ्रष्टाचार भएको पौडेलको भनाइ छ।
 
नागरिकले पनि शुसानको लागि सहयोग गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पौडेलले भने, ‘पसलमा सोध्ने गरिन्छ, आफूलाई कि अफिसलाई। अफिसलाई भए २० प्रतिशत स्वत बढाएर बिल दिने गरिन्छ। यो परम्परा नै बसिसक्यो।’ साथै उनले पत्रकारले देखेको यथार्थ नलेख्नु पनि भ्रष्टाचार भएको दाबी गरे। 

तीन नम्बर प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकारले शुन्य शहनशिलता नीति लिएको बताए। 

कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले भ्रष्टाचार नियन्त्रणको लागि सबैजना अनुशासित हुनुपर्नेमा जोड दिए। 

‘एउटा शिक्षक विद्यालयमा चुरोट खान हुँदैन भनेर पढाउँछ, घर पुग्न नपाउँदै बिँडी सल्काउँछ। डाक्टरले विरामीलाई रक्सी नखानु भन्छ तर आफै खान्छ’, उनले भने, ‘भ्रष्टाचार पनि त्यस्तै हो अरुलाई सुशासनको कुरा सिकाउँछौं तर आफै भने हामी सुध्रने प्रयास गर्दैनौं।’ 

तीन नम्बर प्रदेशका मुख्य सचिव आनन्दराज ढकालले काम गर्ने शैली र बानी ब्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा मुख्यमन्त्री कार्यालयकी सचिव इन्दिरा दाहालले प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रणको लागि लिएको नीति र कामबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.