दैलेखमा भूकम्पको धक्का महशुस
काठमाडौं : दैलेखमा भूकम्प धक्कका महशुस भएको छ। शुक्रबार १२ बजेर ५३ मिनेटमा दैलेखको भवानी भन्ने स्थानमा केन्द्र बिन्दु बनाएर ४.० म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्प पछि स्थानीय घरबाहिर निस्केको दैलेखस्थित अन्नपूर्ण समाचारदाता यज्ञराजा थापाले जानकारी गराएका छन्।उनका अनुसार दैलेखमा तीनपटक भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्पको धक्का सुर्खेतलगायत आसपासका जिल्लामा पनि महशुस भएको छ।