रवीन्द्र मिश्र भन्छन् : अब पुराना पार्टीहरुको सान्दर्भिकता सकियो

रवीन्द्र मिश्र भन्छन् : अब पुराना पार्टीहरुको सान्दर्भिकता सकियो

बुटवल : विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले केपी ओली नेतृत्वको सरकारले समाजवादको नाराको आडमा खोक्रो कुरा मात्रै गरेको आरोप लगाएका छन् । 

रिपोर्टर्स क्लव प्रदेश नम्बर ५ ले बुटवलमा सोमबार गरेको साक्षात्कारमा बोल्दै उनले सरकारको तीब्र आलोचना गरे । अहिलेको अवस्थामा जनताले सबैभन्दा दु:ख र पीडा महसुस गरेको पनि उनले जिकि गरे । 

'अहिलेको सरकारको कुरा गर्ने र कल्पना बाँड्ने क्षमता छ तर देशलाई बिकास र समृद्धिको दिशामा अघि बढाउने क्षमता शुन्य छ', उनले भने, 'पुराना दलहरुको नेतृत्व सबै हिसाबले विफल भइसकेको छ ।'

वाम सरकारसँग समाजवादको कुनै नीति नै नभएको उनले जिकिर गरे । 'जब समाजवादको कुनै नीति नै छैन, काठमाडौंको महलमा बसेर डेढ करोडको गाडीबाट समाजवाद आउछ ?,’ उनले प्रश्न गरे। 'सरकारले समाजवादी बाटो नै अबलम्बन गर्न नसक्ने र नगर्ने अवस्था देखियो ।' 

शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरु कम्युनिष्ट र समाजबादी हुनै नसक्न् भन्दै मिश्रले समाजवादी भन्ने शब्दलाई सस्तो बनाइएकोमा पनि उनले दु:ख व्यक्त गरे । 

‘समाजवादी चरित्र के छ उहाँहरुको ? नेताहरुलाई मात्रै समृद्ध बनाउनेलाई नै समाजवाद भनिएको हो ?,’मिश्रले कांग्रेस र कम्युनिष्टलाई प्रश्न गरे ।

शिक्षा र स्वास्थ्यलाई राज्यको मूल दायित्व नठान्नेहरु समाजवादी हुन नसक्ने उनको जिकिर थियो । 'शिक्षा र स्वास्थ्यलाई मूलरुपमा राज्यको दायित्व नमान्नेहरु समाजवादी हुन सक्दैनन् भन्ने हाम्रो मान्यता हो', उनले भने, ‘समाजवादीहरुलेशिक्षा र स्वास्थ्यमा राज्यको दायित्वलाई स्विकार गर्दछन् तर ४०-५० शिक्षा र स्वास्थ्यमा लगानी गरेकालाई खुसी पार्न ३ करोड नेपालीमाथि खेलवाड गर्नेहरु कम्युनिष्ट र समाजवादी हुन सक्दैनन् ।'

विवेकशील-साझाले तीन महिने देशब्यापी अभियान चलाएको बताउँदै उनले  अब पार्टीको संगठन बलियो हुने दाबी गरे । अहिले पार्टीको संगठन निर्माणमा आक्रमकरुपमा अघि बढेको उनको भनाइ छ । पार्टीलाई वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउने योजना पनि उनले सुनाए । 


कार्यक्रममा संगठन विभाग प्रमुख मुमाराम खनालले आफुहरु देशको बलियो शक्तिको रुपमा उदाउने दाबी गरे । कार्यक्रममा पार्टीका प्रदेश ५ संयोजक अनुपमान सैँजुले पार्टीका गतिबिधिबारे जानकारी गराए । 

भिडियो :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.