श्रीया हत्यामा पुर्पक्षका लागि कुसुम जेल चलान

श्रीया हत्यामा पुर्पक्षका लागि कुसुम जेल चलान

 पोखरा : छिमेकी १० वर्षे बालिका श्रीया सुनारलाई बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेको पोखरा २२ पुम्दीभुम्दीका २७ वर्षे कुसुम पौडेल पुर्पक्षका लागि कारागार चलान भएका छन्। कास्की अदालतले मंगलबार उनलाई थप अनुसन्धानका लागि जेल पठाउने आदेश दिएको हो। अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलका अनुसार मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश योगेन्द्रप्रसाद साहले कुसुमलाई कारागारमा थुनेर राखने आदेश गरेका हुन्।

न्यायाधीश साहले अहिलेसम्मको प्रमाणका आधारमा कुसुम कसुरदार देखिएको र पछि ठहरे बमोजिम हुने गरी कारागारमा थुन्न आदेश गरेका थिए। जिल्ला सरकारी वकिलको कार्यालयले कुसुमविरुद्ध बलात्कार र कर्तव्य ज्यानसम्बन्धी मुद्दा सोमबार अदालतमा दर्ता गराएको थियो। त्यसअघि कास्की प्रहरीले उपलब्ध प्रमाणसहितको अभियोगपत्र जिल्ला न्यायाधिवक्तालाई बुझाएको थियो। मंगलबारको थुनछेक बहसमा सरकारवादी मुद्दाको पक्षमा न्यायाधिवक्ता अर्जुन कोइराला र प्रतिवादी कुसुमको पक्षबाट वैतनिक वकिल कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए।

असोजको ८ गते साँझ बिस्कुट किन्न पसल हिँडेकी बालिका श्रीया सुनार भोलिपल्ट बिहान मृत फेला परेकी थिइन्। सोही दिन प्रहरीले श्रीयाका छिमेकी कुसुमलाई पक्रेको थियो। कुसुमले प्रारम्भिक बयानमै अपराध कबुलेका थिए। मंगलबारको थुनछेक बहसमा पनि उनले फकाइफुलाइ बलात्कार गर्न खोजेको र नमानेपछि घाँटी थिचेको बताए। उनले घाँटी थिची बलात्कार गर्दा बेहोस भएपछि बालिकाको हत्या गरेको अदालतमा साविती बयान दिए।

कुसुमलाई थुनामा राख्ने पुर्जीसहित अदालतले आदेश गरेपछि इन्स्पेक्टर नेतृत्व प्रहरी टोलीले मंगलबारै उनलाई कास्की कारागार बुझाएको छ। कडा सुरक्षासहित उनलाई कारागार पुर्‍याइएको थियो। कलिली बालिकामाथि नृशंस अपराध गरेका कुसुममाथि आक्रोशित कोहीबाट आक्रमण हुन सक्ने भयले इन्स्पेक्टर नेतृत्वकै प्रहरी टोलीले कारागार पुर्‍याएको हो।

रक्सीले मातेका बेला पैसा दिएर फकाउँदै श्रीयामाथि जबरजस्ती गरेको अभियुक्त कुसुमले अदालतमा बयान दिए। श्रीयाको हत्यापछि उनले नजिकैको झाडीमा लास फालेका थिए। ढुंगाले हानेर रगतपच्छे बनाएको शव फेलापरेपछि हत्याराको तुरुन्तै खोजी भएको थियो।

१२ वर्षे बालक सुधार गृहमा

६ वर्षे बालिकालाई बलात्कार गरेको अभियोगमा पर्वतका १२ वर्षे एक बालक पुर्पक्षका लागि बाल सुधार गृह चलान भएका छन्। बालिका बलात्कार गरेको अभियोगमा पर्वतका जलजला गाउँपलिका-३ का बालक पर्वत जिल्ला अदालतको मंगलबारको आदेशले पुर्पक्षका लागि सुधारगृह चलान भएका हुन्। न्यायाधीश सूर्यबहादुर थापाको आदेशले बालकलाई बालसुधार गृह कास्कीको सराङकोटमा पठाइएको हो।

ती बालकले असोज २ गते छिमेकमा डेरा गरी बस्ने बालिकालाई बलात्कार गरेको आरोप पीडित बालिकाले लगाएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। पीडित बालिकाको मेडिकल रिर्पोटमा बलात्कार भएको देखिएको छ। प्रहरीले करणी मुद्दा अन्तर्गत उजुरी दर्ता गरेको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.