पर्वमा लगाउनुहोस् हल्का पहिरन

पर्वमा लगाउनुहोस् हल्का पहिरन

हरेक समय र अवसरअनुसार पहिरनको महत्व अलग हुन्छ। फेसन डिजाइनरका अनुसार चाडबाड, सभासमारोह र मर्दापर्दा लगाउने पहिरनमा ठूलो अन्तर हुन्छ। ठाउँ र बेलाअनुसार पहिरन लगाउन जान्नुपर्छ।

‘फेस्टिभ मुडमा भए पनि महिलाहरूले घरायसी काम भ्याउनुपर्ने हुन्छ,’ लाजिम्पाटमा ‘सेलेब’ बुटिक चलाउँदै आएकी डिजाइनर शिक्षा श्रेष्ठले भन्छिन्, ‘यसैले खुल्ला, सजिलो र रमाइलो गर्दा अप्ठेरो नहुने खालका पहिरन लगाउनु उचित हुन्छ।’ टीका थाप्न जाँदा धेरै खोलिएका, धेरै चिरिएका, फिटिगं र पेन्सिल स्कर्ट लगाउनु एकदमै गलत हो, जुनसुकै उमेरकाको लागि पनि। यसले अरुको अगाडी असजिलो बनाउँछ। उनका अनुसार नानीहरुलाई पनि यस्ता पहिरन लगाइदिनु अभिभावकको महाभूल हो। ‘पहिरन यस्तो होस, सुहाउनेमात्र हैन आफ्नो बानीबेहोर झल्कियोस,’ उनी थप्छिन।

२५ देखी ३० उमेर समुहका विवाहित महिलाले थोरै प्रिन्टेड सारी लगाउँदा राम्रो देखिन्छ। सुन्तला र रातो रंग यतिबेला चल्तिमा छ। कुर्ती,प्लाजो सुरुवाल र टप्स पनि राम्रो देखिन्छ। ‘ श्रीमान श्रीमती सेट मिलाएर लगाउने मन भए श्रीमतीको सारी वा कुर्तासँग मिल्ने टिसर्ट वा सर्ट म्याचिगं गरेर लगाउँदा पर्फेक्ट जोडी देखिन्छ,’ उनको सुझाव छ। यो सिजन न जाडो, न गर्मी भएकाले पुरुषलाई लाइट खालका ट्राउजर, टिसर्ट लगाउँदा राम्रो देखिन्छन। फेस्टिभ लुक्स देखाउन आमाछोरीले म्याचिगं गरेर सारी, कुर्ती, प्यान्ट लगाउँदा अझै खुल्छ। लामो स्कर्ट म्याचिगं गरेर आमाछोरीले लगाउँदा राम्रो देखिन्छ। सजिलोको लागि सल नभएका कुर्ती छान्न उनी सुझाव दिन्छिन्।

कुपन्डोलमा ‘उत्तम बनेपाली क्रिएसन’ बुटिक चलाइरहेका डिजाइनर उत्तम बनेपालीको विचारमा अहिले लगाउने शैलीमा धेरै परिवर्तन आएकोछ। पहिला झल्याकमल्याक, रंगिचंगी पहिरन लगाउँथे भने हिजोआज निकै सालिन खालका कपडाका समय छ। यो दशैमा ब्राइट कलरका गाउन स्टाइलका सारी बनाएका छन् उनले– लगाउन एकदमै सजिलो छ र सालिन देखिन्छ। गाउन परिपक्व महिलाको लागि उत्तम हुने उत्तम बताउछन। यसले मोटो ज्यान भएका तथा पेट निस्किएका महिलालाई स्लिम देखाउन मद्धत गर्छ। ‘यसमा पेटीकोट, ब्लाउज लगाउनुपर्ने झन्झट हुँदैन, हेर्दा सारीको लुक्स आउँछ,’ बनेपाली सुनाउ“छन। दशैमा फर्मल भन्दा अलि फ्री र सजिलो खालका पहिरन लगाउन उनको सुझाव छ। तर आजकाल जो कोही फेशन, फिगर र कम्प्लेक्सनप्रति सचेत देखेको बताए। डिजाइनरकहा“ जानुपर्छ भन्ने सोच्नेको संख्या बढ्दो छ। ‘यस्ता चाडमा सिम्पल, सालिन तर सुहाउँदिलो जे लगाए पनि हुन्छ,’ भन्छन्, ‘कुर्तामा सबैलाइ राम्रो देखिन्छ।’

नवविवाहित जोडीले कुनै रङलाई आधार बनाएर साडी, कुर्ता लगाउने र त्यसैमा म्याच गर्ने टिसर्ट वा सर्ट लगाउँदा राम्रो देखिन्छ।

मन्जु बन्जाराका अनुसार, हिजोआज पश्चिमा लुक्सका क्रप टप्सको माग बढेको छ। ‘क्रप टप्समा सल चाहिदैन,सजिलो छ,’ कुपन्डोलमा ड्रिम बुटिक सञ्चालक उनी भन्छिन।’ गाउन लुक्सका पहिरनहरु धेरैको रोजाइमा परेकाछन्। तर उनको सुझाव छ, चाडबाडमा सजिलो पहिरन नै रोज्दा राम्रो हुन्छ। रातो तथा पिच रंगका कपडाले फेस्टिभ लुक्स देखाउँछ। यस्ता चाडका लागी कुर्ता सबै उमेर समुहका लागी सुहाउँदिलो पहिरन हो। उनका अनुसार,परिपक्व महिलालाई लामो कुर्ता सुहाउँछ। पिडुँला ढाकिने कुर्तामा पटियाला, चुन्नीदार अथवा प्यान्ट जे लगाए पनि सुहाउँदिलो देखिन्छ। कुर्ताबाहेक सारी नै उत्कृष्ट पहिरन हो। नेपाली महिलाको शारिरीक बनोट अलि मोटो भएकाले यस्ता पहिरन सुहाउँछ। नेक लाइन तिर थोरै भरेको डिजाइनले महिलाको सुन्दरता अझै खुलाउँछ। सिफनका तथा ८० ग्रामका जर्जेट सारीहरु उत्तम मानिन्छ यसमा थोरै वर्क गरिएको भए झनै राम्रो। सभ्य देखाउने पहिरन नै चयन गर्नुपर्छ।

तेस्रोलिंगी डिजाइनरको रुपमा पहिचान बनाइरहेका एनी लामाको विचारमा भने नेपालको हाइफेशन भनेकै कुर्ता हो। लन्डनतिर हाइफेशन स्कर्ट लाई मानिन्छ, जसका साथमा विभिन्न स्टाइलका हातका पंजा, क्याप पनि हुन्छन्। जतिसुकै पाका महिलाले पनि त्यस्तै पहिरन लगाउँछन्। तर नेपालमा कुर्ताले त्यसको ठाउँ लिएको छ। उनले कुर्ता लगाउन उमेर बाधा नभएको बताइन्। भन्छिन्, ‘सबैलाइ सुहाउँछ पनि।’ युवतीले कुर्ता लगाउदा नै सालिन देखिन्छन्। अम्ब्रेला स्टाइलका कुर्ताले पेट लुकाउन मद्धत गर्छ। यसमा चुन्नीदार सुरुवाल वा लेगीन पनि लगाउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.