शान्ति चोकमा विराट ट्रेड एक्स्पो

शान्ति चोकमा विराट ट्रेड एक्स्पो

विराटनगर : मोरङ व्यापार संघको आयोजनामा आउँदो पुस ६ देखि १४ गतेसम्म एसपी कार्यालय नजिक शान्ति चोकमा विराट ट्रेड एक्स्पो २०७५ सञ्चालन हुने भएको छ। व्यापारिक तथा औद्योगिक केन्द्र विराटनगरमा नौ दिनसम्म लगातार सञ्चालन हुने एक्स्पोको मुख्य विशेषता नेपाललगायत छिमेकी राष्ट्रका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्तालाई एउटै मञ्चमा ल्याई उपभोक्तालाई प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु रहेको संघले जनाएको छ।

संघले बुधबार पत्रकार सम्मेलन गरी नेपाल भित्रिने वस्तु तथा सेवालाई एउटै छानामुनि अवलोकन गराउने उद्देश्यले एक्स्पो आयोजना हुने अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए। मोरङ व्यापार संघले कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२ र विराट महोत्सव २०७० गरी चारवटा व्यापार मेला आयोजना गरेको थियो।

उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्ने हेतुले आयोजना गर्न लागिएको यस एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशी वस्तु, पहाडी जिल्लाका खनिज तथा कृषिजन्य उत्पादनसमेत गरी करिब २७५ स्टल रहने बताइएको छ। तीन लाख दर्शकले अवलोकन गर्ने तथा ३० करोडको कारोबार हुने आयोजकको अपेक्षा छ।

एक्स्पोलाई प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी चार भागमा विभाजन गरिएको छ। प्रदर्शनी कक्षमा अलग अलग परिसर बनाई अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आईटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, पर्यटनसम्बन्धी, दैनिक उपभोग्य वस्तु, हस्तकला, तयारी पोसाक तथा जुत्ताचप्पल प्रदर्शनीमा रहनेछन्। मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकको समेत सहभागिता रहने एक्स्पोका संयोजक अनुपम राठीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.