चिनीको मूल्यमा गडबडी : छानबिन गर्न अख्तियारलाई सिफारिस
काठमाडौं : चिनीमा भएको अस्वाभाविक मुल्यवृद्धिबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिने भएको छ ।
संघीय संसद-सार्वजनिक लेखा समितिको उपसमितिले चिनीको अस्वभाविक मुल्य वृद्धिबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न समितिलाई सुझाव दिएको हो ।
गत विहीबार बसेको बैठकमा सांसदहरूले चिनीमा कालोबजारी बढेको भन्दै छानबिनको माग गरेपछि समितिले उपसमिति गठन गरेको थियो। सरकारले आयातमा बन्देज लगाएपछि व्यापारीले मनलाग्दी चिनीको भाउ बढाएको उनीहरुको आरोप छ ।
त्यसैगरी चिनीको परिमाणात्मक बन्देज हटाउन पनि उपसमितिले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ ।