अदालतले छाडेपछि बलात्कार आरोपी फरार

अदालतले छाडेपछि बलात्कार आरोपी फरार

ललितपुर : मंसिर २ गते गोदामचौरमा २१ वर्षकी युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भयो। बलात्कारीले उनको टाउकोमा ढुंगाले हानेर मरणासन्न पारे। दुई तीन ठाउँमा हातै भाँचिदिए। लात्ती र मुड्कीले हानेर शरीर थिलथिलो पारे। दुई साताको उपचारपछिमात्रै उनको होस खुल्यो।

आमा उर्मिला पोखरेलका अनुसार बलात्कारको आरोपमा रघु सिलवाल, विशालध्वज कार्की, पवन कुँवरको नाम किटान गरेपछि प्रहरीले पक्राउ गरेर अदालतमा बलात्कार तथा ज्यान मार्ने उद्योग मुद्दा पनि चलायो। जिल्ला अदालत ललितपुरले मुद्दामा पीडित ‘होस्टाइल’ भएको तथा मुद्दामा कानुनी प्रक्रियाको प्रश्न उठाउँदै सबैलाई साधारण तारेखमा रिहाइको आदेश दियो।

 आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालत पाटनमा पुनरावेदन दियो। उच्च अदालतले भने जिल्लाको आदेश उल्ट्याउँदै माघ २५ गते थुनामै राख्न आदेश दियो। त्यसलगत्तै सबै अभयिुक्त फरार भए। हाल पोखरेल परिवार छोरीको न्यायका लागि भौतारिइरहेका छन्। उनीहरू त्रासका कारण गाउँबाट विस्थापित हुनुपरेको छ।

अभियुक्तहरू एउटै गाउँका भएकाले घर फर्किन नसकेको र परिवारै विस्थापित हुनुपरेको भनाइ पोखरेलको छ। हाल पीडित युवती र उनका श्रीमानलार्इ एक संस्थाले आश्रय दिएको छ। घटना अगाडि बढाए घरै जलाइदिने धम्की दिएको उर्मिलाले बताइन्। ‘ज्वाइँ घर जानै मान्नुहुन्न।

 पीडकहरूको पहुँच माथिसम्म र सम्पत्तिवाल भएकाले मेरी छोरीले न्याय पाउन सकिन’, उनले अन्नपूर्णसँग भनिन्, ‘गाउँमा पनि अभियुक्तविरुद्ध कोही बोल्दैनन्। अपराधी समातिए मात्र छोरीको आत्माले शान्ति पाउने छ।’ गम्भीर प्रकृतिको यस्तो घटनामा पनि अदालतबाटै साधारण तारिखमा छाडिएकोप्रति उनको आपत्ति छ। पीडित युवतीको हात अझै राम्ररी चल्दैन। शरीरका घाउमा खाटा बस्दै गए पनि उनी मानसिक रूपमा विक्षिप्त छन्।

महानगरीय प्रहरी परीसर जाउलाखेलका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार अभियुतmको खोजीमा प्रहरी निरीक्षकको कमान्डमा छुट्टै टोलीसमेत गठन गरिएको छ। ‘जबसम्म भेटिँदैन तबसम्म खोजिरहन्छौं’, खनालले भने। गतवर्ष विभिन्न मुद्दाका ५४ फरार अभियुतm समातिएको दृष्टान्ट पनि उनले सुनाए।

 यो घटनामात्र होइन, पुसमा १५ वर्षकी बालिकालाई फकाइफलाइ ग्वार्कोस्थित गेस्ट हाउसमा लगेर करणी गरेको अभियोग लागेका अर्का अभियुक्त पनि फरार छन्। भदौमा ताल्छीखेल मान्द्रो होटलको ग्यारेजमा २४ वर्षकी युवतीलाई करणी गरेको अर्को मुद्दाका आरोपी पनि फरार छन्। खनालका अनुसार साउनयता बलात्कारका आठ मुद्दा दर्ता भइसकेका छन्। गत वर्ष जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग र शरीर बन्धक ज्यानमार्ने सहितका ३९ वटा घटना दर्ता भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.