डिजाइनमा अब्बल होन्डा हर्नेट

डिजाइनमा अब्बल होन्डा हर्नेट

काठमाडौं : ग्रामीण कच्ची सडक तथा सहरका चिल्ला बाटामा सहजै गुडेको देख्न सकिन्छ, होन्डाका मोटरसाइकल । होन्डाका दुईपांग्रे सवारी नेपालीमाझ लोकप्रिय छ । जापानी सवारी उत्पादक कम्पनी होन्डाको मोटरसाइकल नेपाली बजारमा सन् १९६७ देखि बिक्रीवितरण हुँदै आएको छ ।

होन्डाले बिक्रीवितरण गर्न सुरु गरेको ५० वर्षको यात्रामा आफूलाई ग्राहकमाझ अब्बल साबित गरिसकेको छ । होन्डाका मोटरसाइकल तथा स्कुटर दैनिक ज्याला मजदुरी गर्ने र सभ्रान्त परिवार सबैले चढ्न सक्ने क्षमताका छन् । होन्डाका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले भदौको पहिलो साता सीबी होन्डा हर्नेट एक सय ६० आर नेपाली बजारमा भित्र्याएको हो ।

होन्डा सीबी १००० आर जस्तै देखिने मोटरसाइक छोटो समयमै ग्राहकको रोजाइमा पर्न सफल भएको छ । यसमा प्रयोग भएको हेडल्याम्पले होन्डा सीबी १००० आरको झझल्को दिनेछ । होन्डा हर्नेटको लुक्स निकै आकर्षित छ ।

एक सय ६० सीसी इन्जिन क्षमतामा उपलब्ध हर्नेट उत्कृष्ट र आकर्षक डिजाइनमा छ । माचो लुक्स बोकेको मोटरसाइकलमा होन्डाको बल्की बडी प्यानल प्रयोग गरिएको छ । विशेष गरी फ्युल ट्यांकमा यसको प्रयोग बढी भएको देख्न सकिन्छ । स्पोर्टी लुक्स रहेको यस मोटरसाइकलले स्टाइललाई प्राथमिकता दिएकाले ग्राहकको रोजाइमा परेको हो । मोटरसाइकलको रियरमा रहेको मोनोसक र फ्युल ट्यांकको सार्प कर्भ्सले यसलाई एग्रेसिभ बनाएको छ । यसको एक्स–आकारको एलईडी टेलल्याम्पले हर्नेटलाई थप आकर्षित बनाउन मद्दत पुर्‍याएको छ ।

होन्डा हर्नेट नेपालीको आवश्यकता तथा सोख दुवै प्रतिनिधित्व गर्ने मोटरसाइकल हो । यो मोटरसाइकल युवादेखि प्रौढ सबैले सहज तरिकारले चलाउन सक्ने गरी बनाइएको छ । यो नेपाली ग्राहकको आवश्यकता र सोखको रूपमा विकसित भइसकेको छ । अस्तव्यस्त सार्वजनिक यातायात र यसबाट छुटकारा पाउन पहिलो विकल्पको रूपमा मोटरसाइकल स्थापित भएको छ ।

चारपांग्रे सवारीको तुलनामा सस्तो र छरितो हुन्छ, मोटरसाइकल । खासगरी शक्तिशाली र स्टाइलिस मोटरसाइकलप्रति ग्राहकको मोह बढ्दै गएको छ । ग्राहकको रोजाइमा तीव्र गति र उत्कृष्ट क्षमताका मोटरसाइकल पर्ने गर्छन् । पाँच गेयरयुक्त मोटरसाइकलको अधिकतम गति एक सय १५ किलोमिटर प्रतिघण्टा छ ।

पर्फमेन्स र ह्यान्डलिङ

यो मोटरसाइकल स्टार्ट गर्नेबित्तिकै यसको आवाजले रिफाइनमेन्टको पार्टमा यो टिपिकल होन्डा मेसिन रहेको पाउन सकिन्छ । होन्डा सीबी हर्नेट १६० आर आरामदायी छ । साँघुरो र अप्ठ्यारो सडकमा पनि मोटरसाइकल स्थिर रहन्छ । गियरले आरपीएम ब्यान्ड निरन्तर साथ दिनेछ । मोटरसाइकलमा एअरकुल, चार स्ट्रोक सीआईबीएस–आईभी इन्जिन छ । यसको १६२.७१ सीसी इन्जिन र १५.७ बीएचपीले ५०० आरपीएम प्रदान गर्छ भने उच्चतम टर्क १४.७६ एनएमले ८५०० आरपीएम उत्पादन गर्छ ।

गुडिरहेको यस मोटरसाइकल रोक्न कुनै गाह्रो हुँदैन । फ्रन्टमा रहेको २७६ एमएडीसमा थ्री सिलिन्डरका लिपर प्रयोग गरिएको छ । पछिल्लो चक्कामा १३० एम ड्रम तथा २२० एम डिस ब्रेकमा उपलब्ध छ । जसले गर्दा मोटरसाइकल भनेको ठाउँमा रोक्न सकिन्छ । यो नेपाली सडक सुहाउँदो छ । नेपालका सबै सडक चिल्ला छैनन् । १६४ एमएम ग्राउन्ड क्लियरेन्स भएको मोटरसाइकल खाल्डाखुल्डी भएको सडकमा पनि बिनाकठिनाइ चलाउन सकिन्छ ।

मूल्य र मूल्यांकन

होन्डा सीबी हर्नेट १६० आरको मूल्य नेपाली बजारमा दुई लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल अरेन्ज र ब्ल्याक, ह्वाइट र ब्लू, रेड र ग्रे, र एलो गरी पाँच रङमा उपलब्ध छ । यस मोटरसाइकलले प्रतिस्पर्धी मोटरसाइकल बिक्रीमा असर पुर्‍याउने सम्भावना राम्रो देखिन्छ ।

छोटो समयमै हिट हुन आवश्यक सम्पूर्ण विशेषता यसमा समावेश गरिएको छ । तर पनि यसमा सवारीचालकको जीवन रक्षाका लागि उपयुक्त मानिएको सिंगल च्यानल एन्टिलक ब्रेकिङ स्टिम (एबीएस) राखिएको छ ।

सम्बन्ध सपनाहरूको

नेपालमा होन्डाका सवारीसाधन बिक्रीवितरण सुरु गरेको ५० वर्ष पूरा भएको अवसरमा दसैंतिहार स्किम ‘सम्बन्ध सपनाहरूको’ ल्याएको छ । यो योजना अवधिभर होन्डाको कुनै पनि बाइक, स्कुटर तथा कारको खरिदमा आकर्षक नगद उपहारका साथै अन्य सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत ग्राहकले होन्डा मोटरसाइकलको खरिदमा स्क्याच कुपनमार्फत एक लाखसम्म नगद छुट, पाँच वर्ष फ्री सर्भिसिङका साथै पाँच वर्षका लागि स्पेयर पार्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । होन्डा बिग बाइकको खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् भने होन्डा कारको खरिदमा आकर्षक नगद छुट, एक वर्षको निःशुल्क रोड कर र एक वर्षको बिमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.