सन्दीप लामिछानेको अर्को कीर्तिमान, वसन्त रेग्मीलाई उछिने

सन्दीप लामिछानेको अर्को कीर्तिमान, वसन्त रेग्मीलाई उछिने

काठमाडौँ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अर्को कीर्तिमान बनाएका छन् । मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गतको खेलमा लेग स्पिनर सन्दीप लामिछानेले अर्को कीर्तिमान बनाएका हुन ।

मलेसियामा जारी छनोट अन्तर्गत सिंगापुरविरुद्धको खेलमा ४ विकेट लिँदै सन्दीपले राष्ट्रिय टिमबाट एउटै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका हुन् । 

कीर्तिमानी प्रदर्शन गर्ने क्रममा आजको खेलमा सन्दीपले व्यक्तिगत पहिलो विकेटका रुपमा सिंगापुरका कप्तान सूर्यवान्सीलाई ९ रन बनाएको अवस्थामा पेभेलियन फर्काए । त्यसपछि दोस्रो विकेटको रुपमा सिंगापुरका मनप्रित सिंहलाई सन्दीपले १० रनमा आउट गरेका थिए । 

सन्दीप त्यतिमै रोकिएनन् । उनले सिंगापुरका सिद्धान्तलाई १५ बलमा १० रन बनाएको अवस्थामा आउट गरिदिए । सन्दीपले अर्को विकेटका रुपमा सोहेब रज्जाकलाई पनि खाता नै खोल्न नदिइ अन्तिम विकेटका रुपमा पेभेलियन फर्काउँदै सिंगापुरलई ८१ रनको झिनो स्कोरमा रोक्न सफल भए । 

सन्दीपले जारी प्रतियोगितामा २४ विकेट लिँदै वसन्त रेग्मीको नाममा रहेको कीर्तिमान तोडेका छन् । सन्दीपले उमेर समूहको यू-१९ अन्तराष्ट्रिय प्रतियोगितामा पनि २३ विकेट लिइसकेका छन् ।

यसअघि यो कीर्तिमान बसन्त रेग्मीको नाममा थियो । उनले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए । त्यो खेल पनि मलेसियामै भएको थियो । दिल्ली डेयर डेभिल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि आफ्नो प्रभाव छाडिसकेका सन्दीपको स्पिन बलिङ अगाडि विपक्षीहरु घुँडा टेक्न बाध्य छन् । 

मलेसियामा जारी छनोटको पहिलो खेलमा सन्दीपले म्यानमारविरुद्ध ४ विकेट झारेका थिए । दुई ओभर बलिङ गरेका उनले ३ रन खर्चिदै ४ विकेट लिएका थिए । 

दोस्रो खेलमा मलेसियाविरुद्ध उनले ५ विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिदै यो सफलता पाए । त्यसैगरी थाइल्याण्डविरुद्धको तेस्रो खेलमा उनले ५ विकेट लिन सफल भए । तीन ओभर बलिङ गरेका उनले त्यस खेलमा एक मेडन राख्दै ८ रन दिएका थिए । 

भुटानविरुद्ध पनि सन्दीपले ३ विकेट लिन सफल भए । चार ओभर बलिङ गर्दै उनले २ मेडन लिँदै ६ रन दिएका थिए । चीनविरुद्धको पाँचौ खेलमा सन्दीपले ३ विकेट लिएका थिए। चार ओभर बलिङ गरेका उनले चीनविरुद्धको खेलमा १ मेडन ओभर बलिङ गर्दै ४ रन मात्रै खर्चिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.