अभिषेकप्रताप शाह भन्छन् : मलाई भारतको अभियन्ता भन्‍नेलाई पाप लाग्छ !

अभिषेकप्रताप शाह भन्छन् : मलाई भारतको अभियन्ता भन्‍नेलाई पाप लाग्छ !

काठमाडौँ : नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले ‘बुद्ध वाज बर्न ईन इन्डिया’अभियानको प्रचार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

भारतको उत्तरप्रदेशमा भएको एक कार्यक्रममै पुगेर उनले ‘गौतम बुद्ध भारतमा जन्मिएको’भन्दै प्रचार गरेको आरोपसहित सामाजिक सञ्जालमा चर्को टिप्पणी र आलोचना भएको हो । गौतम बुद्ध सर्किट राष्ट्रिय राजमार्ग ७३० को शिलान्यास कार्यक्रमका लागि नेपालबाट सांसद अभिषेक प्रताप शाहलार्इ विशिष्ट अतिथिको रूपमा बोलाइएको थियो । 

भारतको डुमरियागन्ज, सिद्धार्थनगरका सांसद जगदम्बिका पालले सांसद शाहलार्इ पठाएको निम्तोमा उनी विशिष्ट अतिथिको रूपमा त्यस कार्यक्रममा सहभागी भए । सांसद शाह सहभागी शिलान्यास कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथि थिए  । त्यसैगरि उत्तर प्रदेशका गभर्नर हेराम नाइक, त्यस क्षेत्रका अन्य सांसद र नेता पनि सहभागी थिए । 

तर बुद्धकै नामबाट नामांकित भारतको सिद्धार्थनगरमा कृत्रिम बौद्ध विहार र लुम्बिनी बनाएर विश्व शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मेको दावी गर्दै आएको भारतीय कार्यक्रममा सांसद शाह सहभागी भएपछि आलोचित भएका हुन् । 

सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला सांसद शाहले यस्तो आलोचनालाई आफ्नो चरित्र हत्या गर्न खोजिएको भनेका छन् । सामाजिक सञ्जालमा आलोचना भइरहँदा सांसद शाहले अन्नपूर्ण पोस्ट्सँग यसरी स्पष्टिकरण दिएका छन् 

केही वर्षदेखि नै मैले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथजीसँग नेपालको लुम्बिनी क्षेत्रलाई जोड्ने गरी लिङ्क रोड निर्माणको पहल गरेको थिएँ । अन्ततः उत्तर प्रदेशमा उक्त लिङ्क रोड शिलान्याश हुने भएपछि मलाई पनि निम्ता गरियो ।

पछिल्लो मंगलबार म त्यही कार्यक्रममा अतिथिका रुपमा उत्तर प्रदेश पुगेँ । त्यो भव्य कार्यक्रम नेपालका लागि पनि महत्वूर्ण थियो ।कार्यक्रममा मलाई अतिथिका रुपमा एउटा टोकन दिइएको थियो । भारतीय जनता पार्टीका नेतासमेत रहेका त्यहाँका केन्द्रीय सांसद जगदम्बिका पालले मलाई त्यो टोकन दिएका थिए ।

टोकनमा त ‘बुद्ध वाज बर्न ईन इन्डिया’ लेखिएको रहेछ । लाखौं जनताको भीडको भेलामा उक्त टोकन तत्कालै फिर्ता गर्न पनि सम्भव भएन । त्यसको भोलिपल्ट म घर फर्किएपछि चिठी लेखेर उक्त ‘टोकन अफ लभ’ फिर्ता गरिदिएँ । उनै जगदम्बिका पालकै नाममा चिठी लेखेर टोकन फिर्ता गरिदिएको हुँ ।

यता काठमाडौंमा भने मेरो विषयमा चर्को आलोचना सुरु भइसकेछ । मलाई बद्नाम गर्ने उद्धेश्यले यस्तो प्रचार भइरहेको मैले बुझेको छु । एउटा कार्यक्रममा उपस्थित हुँदा मेरो विषयमा यसरी विरोध गर्नु जरुरी नै थिएन । आखिर भारतले पनि कुनै न कुनैरुपमा बुद्ध भारतमा जन्मिएका नेता भनेर पर्यटन प्रचार गरेको हुन्छ र गरिरहेको छ ।

लुम्बिनी जस्तै अर्को पर्यटकीयस्थल भारतमै बनिसकेको छ । यस्ता कतिपय कुरा हामीले व्यक्तिगत रुपमा रोक्न पनि त सम्भव छैन । कि त हाम्रो सरकारले नै राज्यस्तरबाट पहल गर्न सक्नु पर्यो । अन्यथा मलाई व्यक्तिगतरुपमा लान्छना लगाउनु न्यायोचित छैन ।

भारतमा त के कुरा ! केही वर्षअघि म बेलायत भ्रमणमा जाँदा त्यहाँको संग्रहालयमा समेत ‘बुद्धज बर्थप्लेस ईन्डिया’ लेखेको एउटा टोकन देखेँ मैले । मैले तत्कालै त्यहाँ ‘कम्प्लेन’ गरेँ । धेरै ठाउँमा धेरै पटक मैले ‘भारतमा बुद्ध जन्मिएको प्रचार’को विरोध गर्दै आएको छु ।

मेरो परिवारले २ सय वर्षभन्दा अघिदेखि नेपाली सीमाक्षेत्रको सुरक्षा गर्दै आएको हो । मेरो राष्ट्रवादी प्रतिवद्धतामा शंका गर्नु जरुरी छैन । अहिले भारतको अभियन्ता भनेर आरोप लगाउनेलाई त पाप नै लाग्छ !

प्रस्तुति : रमन पौडेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.