नेपाली जनसम्पर्क समिति आयरल्याण्डको तदर्थ समिति
आयरल्यान्ड : नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति आयरल्यान्डले नयाँ तदर्थ समितिको गठन गरेको छ । आयरल्यान्डको गलवें सिटीस्थित काश्मिरमा सम्पन्न भएको एक भेलाले नयाँ तदर्थ समिति गठन गरेको हो । कास्कीका शुक्रराज न्यौपानेको सभापतित्वमा तदर्थ समिति गठन गरेको हो ।
समितिको उपसभापतिमा काभ्रेका सागर लामा, महामन्त्रीमा बाग्लुङ्गका प्रकाश सापकोटा, कोषाध्यक्षमा बाग्लुङ्गकै लक्ष्मी सापकोटा, सहमहामन्त्रीमा दाङ्गका अंकित ओली, सह-कोषाध्यक्षमा ललितपुरका राजकुमार महत चयन भएका छन् ।
युवा, सांस्कृतिक तथा खेलकुद विभाग संयोजकमा मोरङ्गका अनिष भण्डारी छन् । सदस्यहरुमा झापाका गणेश प्रसाई, तेह्रथुमका लक्ष्मी पौडेल, चितवनका अन्तिम उप्रेती, काभ्रेका राजकुमार खरेल, खोटाङ्गका राम गुरुङ्ग, बाग्लुङ्गका रुपेश रेग्मी, कञ्चनपुरका लोकेश धामी, कास्कीका प्रविन कोइराला, अर्चाखाचीका सरोज पोखरेल र चितवनका लक्ष्मी पोखरेल चयन भएका छन् । यस्तै सल्लाहकारमा नवराज कोइराला, विनोद कार्की, अच्युत गैरे छन् ।
बैठकले जनसम्पर्क समितिलाई थप क्रियाशील बनाएर आयरल्यान्डमा रहेका लोकतन्त्रवादीलाई एकीकृत गरी कांग्रेसको अभियानमा सहयोग पुर्याउने निर्णय गरेको छ ।
कार्यसमितिको पुनर्गठन र जिम्मेवारी हेरफेर गर्न सभापति शुक्रराज न्यौपानेलाई अख्तियार दिने निर्णय गरेको छ । २०१९ को जनवरी पहिलो साता मेलमिलाप दिवस मनाउने निर्णय गरेको कार्यसमिति सदस्य लोकेश धामीले जानकारी दिए । उनका अनुसार नेपाली जनसम्पर्क समिति आयरल्यान्डको पहिलो अधिवेशन अप्रिल २०१९ मा गर्ने निर्णयसमेत गरेको छ ।
अधिवेशनलाई सफल पार्नको सभापति शुक्रराज न्यौपानेको संयोजकत्वमा १०१ जनाको मूल आयोजक समिती गठन गरिएको छ । मूल आयोजक समितिमा नवराज कोईराला, विनोद कार्की, अच्युत गैरे, गणेश प्रसाई, सागर लामा, प्रकाश सापकोटा, लक्ष्मी सापकोटा, अंतिम उप्रेती, राजकुमार महत , अंकित ओली, राम गुरुङ्ग, रुपेश रेग्मी, राजकुमार गुरुङ्ग, सुमन गुरुङ्ग, भीम गौतम, सरोज पोखरेल, देवराज कोईराला रहेका छन् ।
यस्तै अनिल महत, अन्जन महत, भागीरथी त्रिपाठी, शर्मिला पौडेल, सुनिता कार्की, लक्ष्मी कोईराला, अनिता गैरे, देवी प्रसाई, ईशोवरी महत, सुजना गजुरेल महत, गंगा देवी सापकोटा, सुरक्षा खड्का, शीतल शर्मा, मिना गौतम, विवेक पोखरेल, हरि गौतम, लक्ष्मी पौडेल, उत्तम पाण्डे, लोकेश धामी, चमन राना, प्रविन कोईराला, अनिश भण्डारी, विवेक सापकोटा, शालिकराम खनाल, बलराम तिवारी, मिलन श्रेष्ठ, विष्णु खरेल, भुमा खरेल, हुमनाथ पोखरेल, लक्ष्मी पोखरेल लगायत छन् ।