प्रेसमाथि हस्तक्षेप बढ्यो : देउवा

प्रेसमाथि हस्तक्षेप बढ्यो : देउवा

भरतपुर : पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्वतन्त्र हुनुपर्ने प्रेस जगत्माथि नै हस्तक्षप गरेर जनताको सूचना दबाउने खेलमा लागेको भन्दै सरकारको तीव्र आलोचना गरेका छन्। चितवनस्थित नेपाल प्रेस युनियन, मैयादेवी सूचना केन्द्रको भवन शुक्रबार उद्घाटन गर्दै सभापति देउवाले भने, ‘प्रेस जहिले पनि स्वतन्त्र हुनुपर्छ। प्रेसलाई स्वतन्त्र छाडिनुपर्छ।’

सूचना सम्प्रेषण गर्ने माध्यममै अंकुश लगाएर जनतालाई हकअधिकारबाट वञ्चित गराउन नहुने उनको भनाइ छ। जनताको चाहनाविपरीतका नयाँ नियम ल्याउनुभन्दा संविधानले दिएको अधिकार पूर्णरूपमा कार्यान्वयन गर्नतर्फ लाग्न सरकारलाई उनले सुझाव दिए। ‘सरकारले कुनै पनि वहानामा सञ्चार क्षेत्रमाथि हस्तक्षप गर्न पाइँदैन,’ उनले भने, ‘सञ्चार क्षेत्र र पत्रकारलाई हरसमय स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ।’

पत्रकारले पनि आफ्नो धर्म निर्वाह गर्नुपर्ने उनको भनाइ छ। उनले प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संगठन भए पनि सधैँ निष्पक्ष र स्वतन्त्र रहन आग्रह गरे। स्वतन्त्र पत्रकारिताका लागि कांग्रेस जुनसुकै समयमा पनि सहयोग गर्न तयार रहेको उनले बताए।

प्रेस युनियन भवन उद्घाटन

समाजसेवी मैयादेवी श्रेष्ठले उपलब्ध गराएको १३ धुर जग्गामा प्रेस युनियनले भवन निर्माण गरिएको हो। ०७२ पुस १० गते जग्गादाता श्रेष्ठबाटै शिलान्यास गरिएको उक्त भवन करिब ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको हो।

भवन निर्माण आर्थिक समिति संयोजक सिर्जना अर्यालका अनुसार भवन निर्माणका लागि १४ जनाले निर्माण सामग्री र ४६ जनाले आर्थिक सहयोग गरेका थिए। निर्माणका लागि दाताले १० हजारदेखि ११ लाख रुपैयाँसम्म सहयोग गरेका थिए।

चार पत्रकार पुरस्कृत

प्रेस युनियन चितवन शाखाले देशभरका ४ जना क्रियाशील पत्रकारलाई सम्मान गरेको छ। ‘चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट वरिष्ठ पत्रकार किशोर नेपाल, कुलचन्द्र वाग्ले र तेजप्रकाश पण्डित तथा क्रियाशील स्थानीय पत्रकारका रूपमा राजु चौधरीलाई नगदसहित पुरस्कृत गरिएको थियो।

जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीका अनुसार पुरस्कृतमध्ये वरिष्ठ पत्रकार नेपाललाई ०७३ सालको, वाग्लेलाई ०७४ सालको र पण्डितलाई नगद ५१ हजार १ सय ५१ रुपैयाँको साथमा सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो भने स्थानीय पत्रकार चौधरीलाई ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो।

पुरस्कृत सबैलाई कांग्रेस सभापति देउवा र महामन्त्री डा. शशांक कोइरालाले सम्मान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.