ट्रम्पपछि पेन्स ?

ट्रम्पपछि पेन्स ?

क्लिफोर्ड ए किराकोफ

आफ्नो चुनावी अभियानका क्रममा र राष्ट्रपति पदमा निर्वाचित भएलगत्तै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रूससँग राम्रो सम्बन्ध बनाउन चाहेको बताएका थिए, तर अमेरिकी संस्थापनको मनसाय भने अर्कै रहेको उपराष्ट्रपति माइक पेन्सले हालै चीनविरुद्ध दिएको मन्तव्यले पुष्टि गरेको छ ।

सुरुमा ट्रम्पले अमेरिकी विदेश नीतिमा नया“ अवधारणा अघि सारेका थिए । उनी अमेरिकी प्रभुत्ववाद र शीतयुद्धकालीन चिन्तनबाट टाढा बस्न चाहेजस्तो देखिएको थियो । उदाउ“दो बहुध्रुवीय विश्वबारे ट्रम्पलाई हेक्का भएको र अमेरिका यो नया“ परिस्थितिसँग एकाकार हुने आशा गरिएको थियो ।

राजनीति र सरकार सञ्चालनको अनुभव नभएका एकजना व्यापारी भए पनि ट्रम्पमा वासिंटनले इराक र अफगास्तिानलगायतका देशमा अनावश्यक रूपमा हात राखेको बुझाइ थियो । त्यसैकारण उनी रिपब्लिकन पार्टीभित्र पनि अहस्तक्षेपकारी खेमाका पक्षधर मानिएका थिए । नवअनुदारवादी नीति र त्यसका पक्षपातीमाथि हमला नै गरेका थिए ।

आज ट्रम्पका समर्थकहरू उनको अवस्था देखेर ‘उनलाई खासमा के भएको छ’ भनी चकित परेका छन् । तर अमेरिकी राजनीतिलाई नजिकबाट अवलोकन गरिरहेका जोकोहीको लागि द हडसन इन्स्टिच्युटमा उपराष्ट्रपति पेन्सले दिएको मन्तव्य आश्चर्यको विषय भने होइन ।

ट्रम्प सरकार र उनका नीति मूलतः दुई पक्षबाट प्रभावित छन् । पहिलो, आफ्नो सरकारमा उनले अमेरिकी संस्थापन पक्ष भनेर चिनिने अनुदारवादी कर्मचारीतन्त्र र व्यापारिक वर्गलाई सरकारी निकायमा मान्छे भर्ती गर्ने अनुमति दिइयो । ‘व्यक्ति नै नीति’ भएको अवस्थामा एकजना नवआगन्तुक राजनीतिज्ञका रूपमा ट्रम्पले सिंगोे राष्ट्रपति कार्यालय त्यहा“को संस्थापन पक्षलाई सुम्पिए । उनको कार्यालयका प्रथम उच्च अधिकारी अहिले जापानका लागि अमेरिकी राजदूत हुन् ।

दोस्रो पक्ष भने पहिलो पक्षकै परिणति हो । ट्रम्पले आफ्नो सरकार र कार्यकारी शाखामा कहिल्यै व्यवस्थापकीय नियन्त्रण जमाउन सकेनन् । संस्थापनको ‘गहिरो वा स्थायी सरकार’ सामान्य तरिकाबाटै अघि बढिरहेको छ भने ट्रम्प एकपछि अर्को विभिन्न मुद्दामा फसेका छन् । अमेरिकी कंग्रेसमा रहेका रिपब्लिकन सांसदहरूले उनलाई मनैदेखि कहिल्यै पनि समर्थन गरेको देखिएन ।

तसर्थ उदीयमान बहुकेन्द्रीय विश्वका लागि उपयुक्त रचनात्मक नया“ विदेश नीतिको सट्टा वासिंटनका मठाधीशहरू शीतयुद्धकालीन शून्य सहनशीलताको चिन्तनमै अडिरहेका छन् । पेन्सको पछिल्लो भाषण इतिहासबाट अमेरिकी शासक वर्गले अझै सिक्न नसकेको र नया“ परिस्थितिअनुसार नीति निर्माण गर्न नसकेको उदाहरण मात्र हो ।

यो कट्टरपन्थी अवधारणा नै अमेरिकाको औपचारिक नीति हो । अमेरिकाका विभिन्न राष्ट्रिय सुरक्षा रणनीतिसम्बन्धी प्रतिवेदनमा यही नीतिलाई आधिकारिक बनाइएको छ । निकै गोप्य यो प्रतिवेदनका केही अंशलाई सार्वजनिक गर्नुपछाडि केही सांकेतिक अर्थ छन् । सो प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय राजनीतिलाई पुनरावलोकन गर्न चाहेका रूस र चीनलाई अमेरिकाले आफ्ना रणनीतिक प्रतिस्पर्धी मानेको छ । भारतलाई भने चीनविरुद्ध प्रयोग गर्न सकिने सोचिएको छ ।

अमेरिकी सरकारका राष्ट्रिय सुरक्षा परिषद् र पेन्टागनले तयार गरेको यो प्रतिवेदन ट्रम्प स्वयंले पढेका छन् वा छैनन्, त्यो आफ्नै ठाउ“मा छ । तर उनले अमेरिकी नीतिको रूपमा यसलाई अनुमोदन गरिसकेका छन् ।

सैनिक तथा आर्थिक, कूटनीति र मनोवैज्ञानिक युद्धद्वारा अमेरिकी संस्थापनले निरन्तरता दिन खोजिरहेको अन्तर्राष्ट्रिय व्यवस्था वास्तवमा दोस्रो विश्वयुद्धपश्चात्को पश्चिमा शक्तिनियन्त्रित व्यवस्था हो । उनीहरू पश्चिमा प्रभुत्ववादलाई निरन्तरता दिन चाहन्छन् र बहुध्रुवीयता, बहुलता र विविधताबारे केही सोच्ने पक्षमा छैनन् ।

पेन्सको भाषणले अमेरिकी नीति प्रतिबिम्बित गरेको छ । अमेरिकी सरकारको चीनविरोधी अभियानको उग्रता नै पेन्सको भाषणको मनसाय हो । चीनविरोधी सो अभियान रूसविरोधी अभियानको समानान्तर रूपमा अघि बढेको देखिन्छ ।

पेन्टागनले अमेरिकी सरकारको सैनिक रणनीतिलाई अघि बढाइरहेको छ । विदेश विभागले कूटनीतिक मोर्चा सम्हालेको छ । नाकाबन्दी र व्यापार युद्धमार्फत अर्थ विभागले आर्थिक युद्धमोर्चाको नेतृत्व गरेको छ । अनि राष्ट्रिय सुरक्षा परिषद्ले यी सबै खेलाडीबीच समन्वयनकारी भूमिका खेलिरहेको छ ।

पेन्सको भाषणले उपराष्ट्रपति तहमा गिद्दे र द्वन्द्वकारी नीति उजागर गरेको छ । उनको भाषणको तौल यति धेरै हुनु अचम्मको विषय हो । उनको भाषणलाई अमेरिकाको विदेश नीतिसम्बन्धी प्रमुख भाषणका रूपमा लिइएको छ ।

पेन्स महत्वाकांक्षी भएको कसैसामु लुकेको कुरा होइन । उनी आफैं राष्ट्रपति बन्ने चाहना राख्छन् । ट्रम्प सरकारको सुरुवातदेखि संसारको भ्रमण गरिसकेका छन् । उनले आफ्नो जानकारी र सम्पर्कको दायरा बढाएका छन् । आफ्नो छवि विस्तार गरेका छन् ।

पेन्सको पद आज उनका लागि आफ्नो मनोच्छा पूरा गर्ने दिशातिर अघि बढ्ने अवसर पनि बन्दै गएको छ । ट्रम्प एकपछि अर्को गर्दै विभिन्न विवादमा फस्दै गएका छन् । त्यसकारण सम्भवतः सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा ट्रम्पको सट्टा रिपब्लिकन पार्टीले पेन्सलाई सो पदका लागि छनोट गर्न सक्छ ।

पेन्सको भाषण आगामी चुनावको तयारी भाषण हो । राजनीतिक चक्रव्युहमा ट्रम्प फस्दै गएको आजको परिस्थितिमा अमेरिकाका अध्येताहरूले पेन्समाथि आ“खा लगाउनुपर्ने अवस्था छ।

– लेखक अमेरिकाको परराष्ट्र सम्बन्धसम्बन्धी सिनेट समितिका पूर्ववरिष्ठ कर्मचारी हुन् ।

(ग्लोबल टाइम्सबाट अनुवाद : नीरज लवजु)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.