कालीगण्डकीमा युवती मृत फेला, युवक वेपत्ता
तानसेन : पाल्पा रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकीको किनारमा एक युवतीको शव भेटिएको छ । मृतक युवती गल्याङ नगरपालिका वडा नंं ८ करादीकी १८ वर्षीय मुना अधिकारी रहेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टम गरी परिवार लाई बुझाएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भोजराज पाण्डेले बताए । अधिकारी असोज ३१ देखि घरबाट वेपत्ताा भएकी थिइन। शनिबार साँझ ५ बजेतिर पाल्पा र स्याङ्जा जोड्ने निर्दिम झोलुंगे पुलदेखि करिब सय मिटरमाथि नदीको किनारमा उनको शव भेटिएको थियो ।
यस्तै शुक्रबार विजया दशमीका दिन कालीगण्डकीमा बेपत्ता रामपुर नगरपालिका–१० गेझा बर्दलेका २५ वर्षीय शंकर कोइरालाको खोजी कार्य जारी रहेको छ। कोइराला शुक्रबार बिहान साढे आठ बजे ढुंगेसाँघु किनारमा नुहाउने क्रममा नदीमा बगेर बेपत्ता भएका हुन् ।