अर्घाखाँचीमा जीप दुर्घटना, चालकको मृत्यु
सन्धिखर्क: अर्घाखाँचीमा बुधबार बिहान जीप दुर्घटना हुँदा चालकको मत्यु भएको छ। मालारानी गाउँपालिकाको बाँगी घाटखोलामा लु १ ज ३५०३ नम्बरको जीप दुर्घटना हुँदा सोही जीपका चालकको मृत्यु भएको हो।
मृत्यु हुने जीप चालक गुल्मी धुर्कोट गाँउपालिका गल्धा निवासी शेरबहादुर थापा इन्द्र रहेका छन्। प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार करिव ३५ वर्षका चालक इन्द्रको उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
दुर्घटनामा परेकाे जीप सन्धिखर्कदेखि गुल्मीको भनभनेका लागि हिँडेको थियाे।