ऋचाको नाच्ने रहर

ऋचाको नाच्ने रहर

काठमाडौं: आफूलाई फरक क्षमताको अभिनेत्रीका रूपमा चिनाउन चाहन्छिन्, ऋचा शर्मा। उनको फिल्मोग्राफी हेर्दा पनि त्यस्तै लाग्छ। हार्डकोर कमर्सियल फिल्मभन्दा कलात्मक भनिने फिल्म उनको क्रेडिटमा छन्।

व्यावसायिक फिल्ममा उनकोे रुचि नहुने अर्को कारण पनि छ। त्यो हो, उनलाई नाच्न आउँदैन। केही वर्षपहिले ‘हाइवे’ फिल्ममा बार डान्सरको भूमिका निर्वाह गरेकी ऋचाले एउटा गीतमा नृत्य गरेकी थिइन्। जुन गीतमा नाच्न नजानेको भनेर उनको आलोचना भएको थियो।

त्यसयता उनले जानेर नै त्यस्ता फिल्म छानेकी थिइन्। तर, यो हप्ता अचानक ऋचाले छमछमी नाचेको फिल्मको गीत बाहिरियो, जहाँ उनले सकी–नसकी नृत्य गरेकी छिन्। मिड लाइफ क्राइसिसका बारेमा बनेको फिल्म ‘यता न उता’को एउटा गीतमा ऋचाले नृत्य कौशल देखाएकी हुन्। तर, यो गीतमा पनि उनले उस्तै आलोचना भोगेकी छिन्।

एक त उनको नृत्य छरितो छैन, त्यसमाथि मोटो ज्यान। अझ त्यसमाथि अंकलजस्ता हिरोहरू। यत्रो वर्ष नगरेको रहर ऋचालाई अहिले किन गर्नुपर्ने?

अन्नपूर्ण सम्पूर्ण साप्ताहिकबाट


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.