पर्यटक लोभ्याउँदै लमजुङको बुङ छहरा

पर्यटक लोभ्याउँदै लमजुङको बुङ छहरा

बेसीसहर : बर्खा सकिएर हिउँद लागिसक्यो। हिमालमा हिउँ पग्लन थालेको छ, खोलानालामा पानीको वहाव घट्दै छ। तर, लमजुङको मस्र्याङ्दी गाउँपालिका-५ च्याम्चेमा रहेको बुङ छहरा भने सदाबहार छङछङ गर्दै झरिरहेछ। 

विश्वविख्यात अन्नपूर्ण पदमार्गमा रहेको बुङ छहराले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिरहेको छ। अन्नपूर्ण पदमार्गमा पैदल तथा सवारी साधनमा हिँड्ने पर्यटक एक पटक बुङ छहरामा नरोकी धरै पाउँदैनन्।

बडेमाको भीरमा छङछङ गर्दै झरेको छहरालाई पृष्ठभूमी पार्दै तस्बिर लिनेहरुको भीड लाग्न थालेको छ। स्थानीय बाबुराम तामाङकाअनुसार छहरा हेर्न रोकिने पर्यटकका कारण होटलव्यवसाय समेत चम्किएको छ। 'आजभोली दैनिक ३/४ सय पर्यटक ओहोरदोहोर गर्छन्, तामाङले भने, 'छहरा हेर्न रोकिने पर्यटकले आम्दानी बढाएको छ।'

छहराको वारी च्याम्चेमा होटलहरु खुलेका छन्। लोकल कुखुरासँगको खाना, पीय पदार्थ, चिया कफी बेच्न व्यवसायीलाई भ्याईनभ्याई छ। मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिकाभित्र पर्यटक लोभ्याउने यस्ता धेरै झरना रहेको बताए। 'अन्नपूर्ण पदमार्गमा पर्नेगरी गाउँपालिका भित्र धेरै झरना छन्। यी झरनाले पर्यटकलाई बाटो काटेको पत्तै हुँदैन्, अध्यक्ष गुरुङले भने, 'यी झरनालाई अझै व्यवस्थित बनाउँदै पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएका छौँ।'

अन्नपूर्ण पदमार्गमा रहेको मनमोहक बुङ छहरा। 

पर्यटकीय सिजन सुरु भएकाले पदमार्गमा दैनिक ठूलो संख्यामा पर्यटक हिडीरहेका छन्। भीरैभीरको बाटोमा मन सिरिङ्ग बनाउँदै हिडेका पर्यटक आँखै अगाडी ठोकिने छहरा देख्दा दुःखकष्ट एकै छिनमा भुल्ने गरेको वडा नं. ५ का अध्यक्ष लेखमान गुरुङले बताए। छहराको नजिकै भीर मौरीका दर्जनौ गोला छन्। भीर मौरी र छहरा हेर्दै सेल्फी खिच्दै पर्यटकहरु घण्टौसम्म भुल्ने गरेको स्थानीय बताउँछन्।

बुङ छहराले बाह्य पर्यटक लोभ्याउन थालेपछि पछिल्लो समय त्यस क्षेत्रमा होटल व्यवसायहरु समेत फस्टाउँदै गएको छ। सदरमुकाम बेसीशहरबाट ३२ किलोमिटर दुरीमा पर्ने यस छहरा बर्खामा निकै ठूलो र उत्कृष्ट देखिन्छ।

बाह्रै महिना रहिरहने छहरालाई थप प्रबद्र्धन गर्न गाउँपालिकाले १ लाख सहयोग गरेको छ। सो रकमले छहरासम्म जाने बाटो बनाइने भएको छ। छहरालाई थप व्यवस्थित गर्न सके पर्यटकको मुख्य आकर्षण बन्ने पर्यटन व्यवसायी नरबहादुर गुरुङले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.