ध्यानबाट शिक्षा, शिक्षापछि दीक्षा

ध्यानबाट शिक्षा, शिक्षापछि दीक्षा

‘मनुष्यको चेतना जागृत गर्न ध्यानभन्दा प्रभावकारी अन्य उपाय छैन।’ भाइबहिनी हो, तिमीहरूले यो भनाइ बुझ्यौ भने धेरै कुरो बुझ्न सहज हुनेछ। ‘ए बाबु, ए नानी, ध्यान दिएर पढ, सुन। ध्यान दिएर काम गर।’ अधिकांश अभिभावकले बोल्दा ‘ध्यान’ शब्द प्रयोग गरेको सुनेकै होलाऊ। यसको अर्थ बुझेका छौ ?       हो, सजग भएर काम गर्नु भनेको हो। सम्झ त, तिमीहरू कुनै पनि काम गर्दा कत्तिको ध्यान दिएर काम गर्छौ ?       गर्छांै भने सफलता यसैमा छ।

मानिसको चेतनालाई जगाउने ‘ध्यान’ भने फरक विषय हो। धेरै मानिसको ‘ध्यान’ प्रतिको बुझाइ फरक छ, सतही छ अनि गलत पनि छ। लाग्न सक्छ, बालउमेरमै ध्यानको के काम ?       यसले के गर्ला र ?       हो, ध्यानबाट आर्जित ज्ञान अर्थात् शिक्षा गहिराइको हुनेछ, व्यापक बुझाइको हुनेछ। शिक्षाले मात्र जीवन पूर्ण हुँदैन जबसम्म दीक्षा प्राप्त हुँदैन। ध्यानपछिको शिक्षादीक्षामा परिणत हुने अवस्था सिर्जना हुनेछ। जब कसैले दीक्षा पाउँछ तबमात्र उसको जीवनले सार्थकता पाउनेछ। कहिल्यै सोचेका छौ कि वर्षौंको लगानीपछि कुनै खास परिणाम हात परेन भने जीवन सार्थक होला ?       त्यसैले ध्यान सिक्नु र त्यसैबाट जीवन अघि बढाउनु अत्यन्त व्यावहारिक हुनेछ। जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ रमेश नेपाल भन्छन्, ‘ध्यानस्थ अवस्थामा आफैंभित्र लुकेको शान्ति, ज्ञान, सत्य, प्रेम, रहस्य आदिमा डुब्ने तथा स्वस्थ्य, सफल र मस्त जीवन जिउने सूत्र पाउँछौं।’

योग र प्राणायामपछिको ध्यानले धैर्य, सक्रियता बढ्नेछ। ऊर्जावान् र शक्तिशाली बनाउँछ। पढ्ने लेख्नेजस्ता सबै काममा जोस, आँट र जाँगर आउँछ। सिक्ने क्षमता र स्मरण शक्ति बलियो हुन्छ।

ध्यानले तिमीजस्तै बालबालिकाको मन स्थिर बनाउँछ। स्थिर हुनु सुख प्राप्त हुनु हो। सुखले खुसी दिन्छ। जब मन प्रफुल्ल र स्थिर हुन्छ तब शिक्षा ग्रहण गर्ने पूर्ण वातावरण बन्छ। पछिल्लो समयमा जीवनलाई विज्ञानको प्रयोगशालाका रूपमा परीक्षण गरिएको छ। यसले ध्यानअघि योग र प्राणायाम अनिवार्य ठान्छ र गराउँछ पनि। जब प्रत्येक दिन बालबालिका केही मिनेट योग र प्राणायाम गर्छन् तब उनीहरू शारीरिक रूपमा स्वस्थ्य हुन्छन्। त्यसपछि गरिने ध्यानले मानसिक स्वस्थ्य बनाउँछ किनकि योगाभ्यास र प्राणायामले ध्यानमा पुग्न सहज बनाउने काम गर्छ। शारीरिक र मानसिक स्वस्थ्य भएपछि तिमी सबैले संसार जितेको महसुस हुनेछ। दुवै स्वस्थ्य भएपछि कुनै पनि काम सफल हुन सकस पर्दैन।

योग र प्राणायाम पछिको ध्यानले धैर्य, सक्रियता बढ्नेछ। समग्र स्वास्थ्यमा सुधार हुँदै रोगमुक्त (विशेष खालका रोगबाहेक) बनाउँछ। ऊर्जावान् र शक्तिशाली बनाउँछ। पढ्ने लेख्नेजस्ता सबै काममा जोस, आँट र जाँगर आउँछ। सिक्ने क्षमता र स्मरण शक्ति बलियो हुन्छ। नकारात्मक बाटोमा लागेर धेरै बालबालिकाले जीवन बिगारेका छन्, यसले सकारात्मक सोचको बाटो हिँडाउँछ। सिद्धार्थ गौतम अर्थात् भगवान् बुद्धबारे सुनेकै होलाऊ। बुद्धले जस्तै आत्मज्ञान पाउने ढोका खुल्नेछ।

ध्यान गर्दा आनन्द आउनुपर्छ। तर जब योगाभ्यास र प्राणायामपछि ध्यानमा बस्दा मन चारैतिर दौडन्छ वा छटपटी हुन्छ तब दुई चारपटक लामो र गहिरो श्वास तान्नुपर्छ। मनलाई पटकपटक तानेर ध्यानमा केन्द्रित गर्नुपर्छ। ढाड सीधा हुनुपर्छ। त्यसपछि सुखासन (पलेँटी कसेर बस्ने) मा बसेर ज्ञान मुद्रामा हात घुँडामाथि राख्ने वा शवासन (सुतेर) दुई आँखा बन्द गरी आँखाबीचको आज्ञाचक्रमा हेर्नुपर्छ। यस्तो काम आफैंले होइन, ध्यानमा पारंगत भएका आचार्यबाट सिक्नु प्रभावकारी हुन्छ। सिकेपछि घरैमा गर्न सकिन्छ। ध्यान प्रत्येक व्यक्तिले गर्न सक्छ। ध्यान ‘बोध’ मा पुगेपछिमात्र ज्ञान प्राप्त हुनेछ। जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ एलपी भानु शर्मा भन्छन्, ‘ध्यानले हामीलाई स्वकेन्द्रमा फर्काइ मन र हृदयलाई स्थायी रूपमा शान्त र सहज बनाउँछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.