आन्तरिक पर्यटकको रोजाइमा सौराहा

आन्तरिक पर्यटकको रोजाइमा सौराहा

सौराहा : दसैं सकिएलगत्तै विदामा सौराहा आउनेको संख्या ह्वात्तै बढेपछि होटल भरिभराउ भएका थिए। अग्रिम बुकिङ नगर्नेलाई कोठा पाउन निकै मुस्किल भएको छ। दसैं सुरु हुनुअगावै होटल बुकिङ भएका हुन्।

केही वर्ष अघिसम्म दसैंको बेलामा सुनसान हुने यहाँका होटल यसपटक भरिभराउ भए। पाहुनाको सत्कारमा व्यस्त व्यवसायी खुसी छन्। हात्ती र जीप सफारीमा पालो पाउन मुस्किल छ। वन्यजन्तु पर्यटनका लागि ख्याती कमाएको सौराहामा पर्यटकीय माहोल बढेको छ। अघिल्लो वर्षभन्दा योपटक आन्तरिक पर्यटक धेरै बढेको होटल नेचर हेरिटेजका प्रबन्धक विनोद नेपालले बताए। उनले भने, ‘कोठा पुर्‍याउन नसकेर धेरैलाई फर्काउन पर्‍यो।’ सौराहालाई विदा मनाउने विकल्पका रूपमा लिन थालिएको छ।

साँझपख राप्ती नदी किनारका रेष्टुरेण्ट भरिन्छन्। किनारको ड्याममा फोटो खिच्ने उत्तिकै हुन्छन्। विदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव सौराहामा देखिएको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए। ‘विदामा घुम्ने शैली बढेर पनि दसैं तिहारमा नेपाली पाहुना खचाखच छन्’, उनले भने।

क्षेत्रीय होटल संघ सौराहाका महासचिव राममणि खनाल भूकम्पले असर गरेपछि र नारायणगढ मुग्लिन सडक बनेपछि यात्रा सहज भएर पनि माहोल फरक भएको बताए। दसैंको फूलपातीदेखि पूर्णिमासम्म ६ हजार चार सय ३९ जनाले सौराहा क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन्।

जसमध्ये एक हजार सात सय ९२ नेपाली छन्। निकुञ्जभित्र अवलोकन गर्नेको संख्या पनि अहिले बढेको सूचना अधिकृत नुरेन्द्र अर्यालले बताए। दुर्लभ एक सिंगे गैंडाका कारण ख्याती पाएको निकुञ्जमा पछिल्लो समय चरा हेर्नसमेत आउने गरेका छन्। निकुञ्ज छेउको मध्यवर्ती वनमा हात्ती सफारी हुने गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.