पटाकादेखि पर

पटाकादेखि पर

तिहार नजिकिँदै गर्दा भाइबहिनीमा उत्साह पनि बढ्दै गएको होला। तिमीहरूमध्ये कतिपय देउसीभैलो खेल्ने समूह बनाउँदै होलाऊ। कतिलाई भने तिहारमा सेलरोटी खाने, लक्ष्मी पूजाका दिन घर सजाउने, म्हःपूजा र भाइटीका लगाउने विषयले रमाइलो लागेको होला। दसैं सकिएको १५ दिनपछि आउने तिहार नेपालीको दोस्रो ठूलो पर्व हो। हरेक वर्ष कात्तिककृष्ण त्रयोदशीदेखि शुक्ल तृतीयासम्म मनाइने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ।

एक किंवदन्दीका अनुसार कुनै समयमा बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यी पाँच दिन आफ्ना घरमा राखेर पूजा गरेकीले यसलाई यमपञ्चक भनिएको हो। यस पर्वको पहिलो दिन कागको पूजा गरिन्छ भने दोस्रो दिन कुकुरको, तेस्रो दिन गाई र धनकी देवी लक्ष्मीको, चौथो दिन गोरु त्था गोवद्र्धन पहाडको र पाँचौं दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाइदिएर भाइटीका मनाइन्छ।

लक्ष्मी पूजा र गोवद्र्धन पूजाका दिनमा देउसीभैलो खेल्ने गरिन्छ। देउसीभैलो खेल्न जाँदा जहिले पनि आफूभन्दा ठूला मानिसलाई सँगै लिएर जाने गर्नुपर्छ। त्यसैगरी अरूको देखासिखीमा यसलाई पैसा कमाउने माध्यम बनाउनु हुँदैन। घरधनीले आफ्नो गच्छअनुसार जति दिन्छन् त्यसैमा सन्तुष्ट भई हिँड्नुपर्छ। यसलाई विशुद्ध एक सांस्कृतिक हिसाबले रमाइलो गर्न सिक्नुपर्छ।

तिहारमा धेरै भाइबहिनीले पटाका पनि पड्काउने गरेका होलाऊ। हुन त नेपालमा पटाका पड्काउन सरकारी तवरबाट नै रोक लगाइएको छ। यद्यपि लुकिछिपी बेच्ने गरेका पसलहरूमा गएर किन्न तिमीहरूले आफ्ना अभिभावकलाई कहर गर्ने गरेका त छैनौं ?भाइबहिनीहरू, पटाका पड्काउनु हाम्रो नेपाली संस्कृति होइन। यो विदेशबाट आयातित संस्कृति हो। यो एक प्रज्वलनशील पदार्थ भएकाले यसलाई बाल्दा आफ्ना र अरूका घरमा समेत आगलागी हुने र धेरै जनधनको क्षति हुने सम्भावना रहेकाले नेपालमा पटाका बन्देज गराइएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता एसपी शेखर खनालले बताए।

विशेषगरी तराईका क्षेत्रहरूमा भारतीय सीमा क्षेत्रबाट पटाका ल्याएर पड्काउँदा त्यहाँ रहेका काठ र परालले छाएका घरमा आगलागी हुने डर रहन्छ। त्यसैगरी असुरक्षित तरिकाले पटाका पड्काउँदा हात जल्ने, लुगा पोल्ने, शरीरमा दाग बस्नेलगायतका समस्या आउन सक्छन्। रकेट उडाउँदा यसको दिशा नमिल्दा कतिपय सन्दर्भमा अरूको आँखामा समेत परेर आँखा जलेको त कतिपय अवस्थामा अरूको घरभित्र छिरेर घर जलेको घटनासमेत घटेकाले आतिशवादी र पटाका बाल्न निषेष गरिएको एसपी खनालको भनाइ छ।

कतिपय मानिसको घरमा वृद्धवृद्धा र बिरामी मानिस पनि हुने भएकाले पटाकाबाट हुने ध्वनि प्रदूषणले उनीहरूलाई असर गर्न सक्छ। त्यसैले तिहारमा बन्देज लगाइएका यस्ता काममा भुल्नुभन्दा सेलरोटी खाने, दियो बाल्ने र देउसीभैलो खेल्ने गर्नुपर्ने उनको सुझाव छ। पटाकाबाट घट्ने जोखिमलाई न्यूनीकरण गर्ने यस्ता पदार्थ नबाल्न बालबालिका र उनीहरूका अभिभावलाई एसपी खनालको आग्रह छ।

एक छिनको रमाइलोमा भुलेर हामीले पटाका पड्काए पनि यसको दीर्घकालीन असरको बारेमा भने हामी अनभिज्ञ नै रहेका हुन्छौं। पटका पड्काउँदा निस्कने आगोको झिल्काले समेत आँखालाई असर पुर्‍याउने नाक, कान, घाँटी विशेषज्ञ डा. ढुण्डीराज पौडेलले बताए। उनका अनुसार पटाका पड्काउँदा आउने ध्वनिले कानको जाली नै फुट्न सक्छ भने भित्री कानको नसामा असर परेर बहिरोपन आउन सक्छ। यसले बालबालिकाको छालामा असर पर्नुका साथै बिस्फोटको ठूलो आवाजले उनीहरूमा दीर्घकालीन रूपमा मनोवैज्ञानिक असर पर्ने पनि उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.