प्रहरी ज्यादतीविरुद्ध स्थानीय, सिद्धिचरण लोकमार्ग ठप्प

प्रहरी ज्यादतीविरुद्ध स्थानीय, सिद्धिचरण लोकमार्ग ठप्प

गाईघाट : प्रहरीले ज्यादती गरेको भन्दै विरोधमा उत्रिएका कटारीबासीले सिद्धिचरण लोकमार्ग बन्द गराएका छन्। स्थानीयले राखेको पहिलो शर्तमा प्रहरीले माफी माग्नुपर्नेमा प्रहरीले नमानेपछि सडक बन्द गराएका हुन्।

यधपि जनप्रतिनिधि, स्थानीय प्रशासन, उद्योग र स्थानीयबीच सहमतिका लागि वार्ता जारी रहेको वडाध्यक्ष कृष्ण दनुवारले बताए। उनले भने, 'स्थानीयको आक्रोस छ, प्रहरी आफै गल्ती गर्ने ,माफी पनि नमाग्ने, शर्त मान्नुपर्ने हाम्रो पहिलो अडान हो, नत्र आन्दोलन जारी रहन्छ।' 

'वार्ताद्धारा समस्याको समाधान गर्नुपर्नेमा डीएसपी आफै मदिराले लठ् भएर उद्योगसँग मिलेमत्तो गरी जनतामाथि अन्धाधुन्द लाठी चार्ज गर्ने, अनी हामी चुपचाप सहेर बस्नुपर्ने ज्याजतीविरुद्ध दनुवारले भने, 'हाम्रा केही माग छन्, समाधान नभएसम्म निकास निस्कदैन्।'

स्थानीयको अवरोधपछि सिद्धिचरण लोकमार्गको मिर्चैया-कटारी-घुर्मी सडकखण्ड ठप्प भएको छ। शनिबार राति मध्यरातमा प्रहरीले महिला तथा अन्य सर्वसाधरणमाथि अन्धाधुन्द लाठी चार्ज गरेको भन्दै उदयपुरको कटारी नगरपालिका-४ मरुवाका स्थानीय रातिदेखि नै प्रहरीविरुद्ध प्रर्दशन जारी राखेका छन्।

कसमस सिमेन्ट उद्योगका लागि चुनढुंगा बोकेर आएको टिपर शनिबार रोकेको विषयमा विवाद हुँदा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले लाठीर्चाज गरेसँगै स्थानीय आक्रोशित भएका हुन् । 

सिमेन्टका लागि चुनढुँगा ढुवानी गर्ने टिपर गाउँबाट गुड्दा धूलो उड्ने, राति ध्वनी प्रर्दूषण हुने भन्दै स्थानीयले शनिबरादेखि टिपर बन्द गराएका थिए। स्थानीयको मागलाई वेवास्ता गर्दै उद्योगले शनिबार राति ११ बजे चुनढुंगा लिन खानी क्षेत्र पठाएपछि विवाद  उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राईले बताए । 

स्थानीयले टिपरमा रोक लगाएपछि प्रहरीको टोली लिएर पुगेका डीएसपी श्रेष्ठले अश्लिल शब्द प्रयोग गर्दै अन्धाधुन्द लाठी चार्ज गरेपछि स्थानीयले तत्काल प्रतिकार गर्दै प्रहरी विरुद्ध नाराबाजी गरेको वडाध्यक्ष दनुवारले बताए। 

कुटपिटबाट सामान्य घाइते भएकाहरु कटारी अस्पत्तालमा उपचार गरी घर फर्किएको स्थानीय अनिल थापाले बताए ।कुटपिट पछि अस्पताल आइपुगेका गाउँलेले राति नै कटारी बजारमा प्रहरी विरुद्ध चर्को नाराबाजि गरेका थिए। 

यता डीएसपी श्रेष्ठले भने राष्ट्रिय राजमार्गमा सवारीसाधनमाथि रोक लगाउन नपाइने भएकाले हटाउने क्रममा सामान्य विवाद भएको बताए । सिमन्ट उद्योग र स्थानीयबीच चुनढुंगा ढुवानी गर्दा धूलो उडन नदिनका लागि पानी छर्कर्ने र ढुवानी गर्ने सहमति भएपनि राति टिपर संचालन भएकाले स्थानीयले राति रोकेको वडाध्यक्ष दनुवारले वताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.