आफ्नै घरमा आगो लगाउने पक्राउ
अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका–७ लामाताल बस्ने २१ वर्षीय अनिल पुन आफ्नै घरमा आगो लगाएपछि पक्राउ परेका छन् ।
मादक पदार्थ सेवन गरी पुनले आफ्नै घरमा आगो लगाउँदा घर जलेर नष्ट भइ करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
स्थानीयबासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । पुनलाई ईलाका प्रहरी कार्यालय ठाडामा राखिएको र घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।