स्वदेश आउने सयपत्री, विदेश जाने मखमली
तिहारलाई लक्ष्य गरी ललितपुर, जावलाखेल मैदानमा ‘बाह्रौँगोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७५’आयोजना गरिएको थियो। ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ नारासहित फ्लोरिकल्चर एसोसिएसन नेपालले चारदिनेपुष्प मेला सञ्चालन गरेको थियो।
मेलामा ४४ वटा व्यावसायिक स्टल,तीन वटा सूचनामूलक र एउटा गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टलसहित जम्मा ४८ वटा स्टल रहेका थिए। गोदावरी फूलकोप्रतिस्पर्धामा ललितपुर, सानेपाको सम्झना नर्सरी प्रथम भएको थियो।
नेपालमा उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूल, बिरुवा पुष्प मेलामा प्रदर्शनका लागि राखिएका थिए। मेलामा यस वर्ष भित्रिएका ४५ भन्दा बढी नयाँ प्रजातिका फूूल तथा बिरुवा पनि प्रदर्शन गरिए। मेलामा गोदावरीसँगैसयपत्री, मखमली तथा अन्य मौसमी फूल र बिरुवा पनि राखिएका थिए।
गत वर्षमेलामा ४५ लाख रुपैयाँको फूलको कारोबार भएको फ्यानका सचिव विश्वमणि पोखरेलले बताए। ‘यस वर्ष ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरेका छौँ,’सचिव पोखरेलले भने।
मखमली र गोदावरी स्वदेशमै उत्पादित
तिहारमा सबैभन्दा बढी प्रयोग हुने फूलमा मखमली, गोदावरी र सयपत्री पर्छन्। अहिले नेपालमै प्रशस्त गोदावरी र मखमली फूल उत्पादित हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए।
‘सयपत्रीका केही माला भारतबाट आयात हुन्छन्,’उनी भन्छन्,‘तर, मखमली र गोदावरी बाहिरबाट ल्याउनुपर्दैन। नेपालमै प्रशस्त उत्पादन हुन्छ।’
श्रेष्ठका अनुसार यो वर्ष भारतबाट तीन लाख सयपत्री माला झिकाइए।‘यस वर्ष २२ लाखमालाकोकारोबार हुने अनुमान गरेका छौँ,’ श्रेष्ठले भने, ‘तीन लाख सयपत्रीका माला भारतबाट आयात गरिएका छन्। १२ लाख माला आन्तरिक उत्पादनले धान्छ। सात लाख गोदावरी र मखमली फूलका माला पनिनेपालकै उत्पादन हुन्।’
सयपत्रीका माला भारतबाट आयात हुन्छन्। मखमली र गोदावरी बाहिरबाट ल्याउनुपर्दैन। नेपालमै प्रशस्त उत्पादन हुन्छ। यस वर्षको तिहारमा २२ लाख मालाको कारोबार हुने फ्लोरिकल्चर एसोसिएसनको अनुमान छ।
‘गोदावरी फूलको माउ बोट मात्रै भारतमा आउँछ,’ फ्यान अध्यक्ष श्रेष्ठले थपे,‘फूल यहीँ नेपालमै उत्पादन हुन्छ।’तिहारमा ३० करोड रुपैयाँ बराबर फूलको कारोबार हुने श्रेष्ठले बताए। ‘मालाको मात्रै झण्डै ११ करोड रुपैयाँको कारोबार हुन्छ,’उनले भने।
विदेश जान्छ मखमली माला
दुईतीन वर्षयता मखमली फूलको मालाको कारोबार बढेको फ्यान अध्यक्ष श्रेष्ठ बताउँछन्।
‘देशभित्र मात्र नभई दुईतीन वर्षदेखि मखमली माला विदेशमा पनि पठाइँदै छ,’ उनले भने, ‘अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायतलगायत देश जहाँ–जहाँ नेपालीबस्छन् त्यहाँ–त्यहाँ मखमली फूलको माला निर्यात गरिदै छ।’यो वर्ष लगभग दुई लाख मखमली माला निर्यात गरिएको छ।’माला निर्यातबाट लाखौँआम्दानी हुने श्रेष्ठ बताउँछन्।
‘गत वर्ष डेढ लाख माला निर्यात गरिएका थिए,’ उनले भने,‘यस वर्ष माग बढेको छ। दुई लाख मखमली माला निर्यात गरिए।’ विदेशिएकानेपालीलेतिहारका लागि मखमलीमाला लैजाने गरेको फ्यानका सचिव विश्वमणि पोखरेल बताउँछन्। ‘मखमली फूलको माला नओइलाउने भएकाले पनि विदेशमा यसको माग बढेको छ,’ उनले भने।
प्रशस्त आम्दानी
ललितपुर, सानेपाचोकस्थित सृजना फ्लावर नर्सरीकी संस्थापक नेत्रकुमारी खड्काहरेक वर्ष आयोजना हुने पुष्प मेलामा सहभागी हुन्छिन्। उनको नर्सरीमा बेगमबेली, गोदावरीलयायत थुप्रै जातिका फूल छन्। केही वर्षयता फूलको व्यापार बढेको उनी बताउँछिन्।
‘२० वर्षअघि फूलको व्यापार उराठलाग्दो थियो,’ उनले भनिन्,‘अहिले मान्छेले फूलको महŒव बुझेका छन्।चाडवाडमा मात्र होइन। अन्य बेला पनि घरआँगन, होटल, पसललगायत सजाउन फूल प्रयोग गर्छन्।’
खड्काको परिवारनै पुष्प व्यवसायमा आबद्ध छ। ‘अरू बेलाभन्दाचाडपर्वमाराम्रो आम्दानी हुन्छ,’ उनले भनिन्, ‘यही व्यवसायबाट मेरो घरखर्च चलेको छ।’
काठमाडौँ, नयाँबस्तीमा रहेको अजिमा नर्सरीकी संस्थापिका रुबी कार्की२८ वर्षयता पुष्प व्यवसायमा सक्रिय छिन्। ‘थोरै लगानीमा यो काम सुरु गरेकी हुँ,’ उनले भनिन्, ‘अहिले यसबाट राम्रै आम्दानी गरिरहेकी छु।’ महिनामा दुई लाख रुपैयाँ बराबरको कारोबार गर्ने उनी बताउँछिन्। ‘नेपालभरि कारोबार हुन्छ,’ उनले भनिन्, ‘महिनामा दुई लाख रुपैयाँजतिको कारोबार हुन्छ।’
काठमाडौँ, पोखरा, नारायणघाट, हेटौँडा, विराटनगर, धरान, बुटवल, धनगढीलगायत शहरमा पुष्प व्यवसाय फैलिँदै गएको फ्यानका अध्यक्ष कुमार कसजुश्रेष्ठ बताउँछन्। ‘पहिलेभन्दा अहिले व्यापार फस्टाएको छ,’ उनले भने, ‘नेपालका विभिन्न शहरमा पुष्प व्यवसाय फैलिँदै गएको छ।’
हाल पुष्प व्यवसायमा ६ सय ९७व्यवसायी आबद्ध भएको श्रेष्ठको भनाइ छ। ‘आर्थिक वर्ष २०७४÷७५ मा ११ करोड रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएको छ,’ उनले भने,‘पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा छ।’