ग्यास बुलेट पल्टिँदा सडक किनारमा हिँडिरहेका आमा छोरीको मृत्यु (अपडेट)

ग्यास बुलेट पल्टिँदा सडक किनारमा हिँडिरहेका आमा छोरीको मृत्यु (अपडेट)

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ विशालटारमा ग्यास बुलेटको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेहरू आमा छोरी हुन्।

आइतबार दिउसो १२ बजे सडकमा हिँडिरहेका गीता नेपाली (३५) र सुनिता नेपाली (१९) को ग्यास बुलेटको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। गीता बेनीघाट रुराङ गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य हुन्।

उनीहरूलाई ठक्कर दिएको बुलेट पनि सडकबाट १० मिटर तल खसेको छ। बुलेटका चालक र सहचालक भने सकुशल छन्।

बुलेट पल्टिएलगत्तै ग्यास लिक भएको थियो। दुर्घटनाग्रस्त बुलेटमा आगलागी हुन नदिन दमकलले पानी छ्यापेको थियो।

स्थानीय ग्यास स्टेसनका प्राविधिकहरूले बुलेट सिल गरेका थिए। अहिले पनि दमकल घटनास्थलमै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.