ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

टीकापुर : कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएकाे छ । टीकापुर पार्कबाट मंगलबार साँझ पिकनिक खाएर फर्किदै गरेको से १ त ८३३७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा टीकापुरका १३ वर्षका युवराज खनालको मृत्यु भएकाे हो ।
साइकलमा सवार खनालको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस !
१
