पूर्वाधार विकासको सबै बजेट स्थानीय तहमा

पूर्वाधार विकासको सबै बजेट स्थानीय तहमा

बेसीसहर : लमजुङमा पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन गरिएको छ। प्रतिनिधि सभा सदस्य एवं नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सबै रकम स्थानीय तहलाई दिएका छन्। गुरुङको संयोजकत्वमा बसेको निर्देशक समितिको बैठकले परामर्श समितिको सुझावका आधारमा निर्णय गरेको हो।

पूर्वाधार विकासअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रले चार करोड रुपैयाँ पाउने व्यवस्था छ। गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार चार करोडमध्ये सडक निर्माणमा दुई करोड ६३ लाख छुट्याइएको छ। त्यस्तै जिल्लास्तरीय खेलमैदान निर्माणमा २९ लाख, भौतिक पूर्वाधार निर्माणमा एक करोड चार लाख र स्थानीय प्रशासनिक खर्चमा चार लाख रुपैयाँ बाँडफाँट गरिएको छ। लमजुङमा चार नगरपालिका र चार गाउँपालिका छन्।

मस्र्याङ्दी गाउँपालिकामा ङादीबाट नयाँगाउँ मोटरबाटो निर्माणमा १० लाख, भुलभुले हात्तीरुख हुँदै भुष्मे जाने सडकमा २५ लाख र घनपोखरा खेलमैदानमा १५ लाख रुपियाँ विनियोजन गरिएको छ। क्व्होंलासोथर गाउँपालिकामा बागलुङपानीदेखि भुजुङसम्मको मोटरबाटो स्तरोन्नतिलाई ५० लाख दिइएको छ। बेसीसहर नगरपालिकामा जनचेतना आमासमूह भवन १० लाख, अन्नपूर्ण खेलमैदान भकुण्डेलाई १४ लाख, जनजागृति मावि बाँझाखेतको कम्पाउन्ड निर्माणलाई १५ लाख र शान्तिटोल तमु समाज भवन निर्माणमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ।

सुन्दरबजार नगरपालिकामा सुन्दरबजार–सिरपानी खोला सडकमा ५० लाख, मध्यनेपाल नगरपालिकाको बगुवा, गैरीगाउँ–भाइरथी भञ्ज्याङ सडक स्तरोन्नतिलाई १९ लाख, हेसे हाइतोङ बौद्ध गुम्बाका लागि १० लाख, कल्याणबेसी सामुदायिक स्वास्थ्य चौकी निर्माणमा १० लाख र करापुपोखरीको सामुदायिक स्वास्थ्य भवन निर्माणमा १० लाख बजेट विनियोजन गरिएको छ।

त्यस्तै दोर्दी गाउँपालिकामा हिले फलेनी सडकमा २० लाख, पाचोक दोभान जोर्ने सडकमा २० लाख, सूर्योदय माविका लागि १० लाख बजेट छुट्याइएको छ। राइनास नगरपालिकामा कालिरह–बोराङखोला सडक स्तरोन्नतिमा ४९ लाख, दूधपोखरी गाउँपालिकामा लिपे दीप सहिद स्मृति भवन निर्माणमा १९ लाख, सानोकाभ्रे माविका लागि १० लाख र बिचौर–कुनाघाट मोटरबाटोमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

सांसद गुरुङले प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी र गाउँ तथा नगरपालिका पदाधिकारीसँग सुझाव लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.