पुरातात्िवक बगैंचा जोगाउन आग्रह
ललितपुर : संंस्कृतिविद् सत्यमोहन जोशीले पाटन दरबार परिसरमा रहेको भण्डारखाल क्षेत्रलाई पुरातात्िवक बगैंचा बनाएको बताएका छन्। निकै परि श्रमले बगैंचा बनाए पनि अहिले त्यो लथालिंग देखेर मन दुखेको उनको भनाइ छ। ‘१५ सालअघि त्यहाँ ब्रिगेडियर जनरलको हुकुम चल्थ्यो। ब्रिगेडियर बन्नेमा सबै राणा पृष्ठभूमिका हुन्थे’, पाटन संग्रहालयको २१औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘भण्डारखाल क्षेत्रमा राणाहरूले ठेक्कामा तरकारी लगाउँथे।
सरकारी सम्पत्तिमा उनीहरू मोज गर्थे। उनीहरूकै हुकुम चल्थ्यो।’ त्यसैले लथालिंग रहेको बगैंचा पुनर्निमार्ण गर्नुपर्नेमा उनले जोड दिए। भण्डारखाल क्षेत्रमा कम्तीमा १५ रोपनी जग्गा रहेको दरबार हेरचाह तथा संरक्षण विभागका प्रमुख काजी प्याकुरेलले जानकारी दिए। ०१५ सालको चुनावपछि कांग्रेस सरकारमा आयो।
त्यसपछि जोशीले पुरातत्व विभागको निर्देशकको जिम्मेवारी सम्हाले। पाटनमा जन्मेहुर्केका उनलाई यहाँको सम्पूर्ण ज्ञान थियो। त्यसपछि भण्डारखाललाई पुरातात्िवक बगैंचा बनाउनेतिर लागे। त्यसका लागि तत्कालीन मन्त्री पशुनारायण चौधरीसँग प्रस्ताव राखे। चौधरीले सहर्ष स्विकारे पनि। ‘त्यसपछि मन्त्रिपरिषद्बाट पास गराएर बगैंचा बनाएको थिएँ’, उनले भने।
बगैंचाले शैक्षिक, प्राज्ञिक, अनुसन्धान एवं इतिहासलाई जीवन्त राख्न सहयोग पुर्याउने उनको भनाइ छ। त्यसैले भण्डारखालले चर्चेको जग्गामा मात्रै बगैंचा बनाइएको हो। तर पछि जोशीको ठाउँमा अरू नै आए। उनले आफ्नो पालामा जम्मा गरिराखेका पुरातात्िवक सामग्री कता पुगे कता। बगैंचाको अवस्था पनि लथालिंग बन्दै गयो। ‘जुन उद्देश्यले काम थालें, त्यो अधुरै रह्यो। तर पाटनमा जस्तो पुरातात्िवक सुन्दरता अरू ठाउँमा पाइँदैन’, जोशीले भने।
तर जोशीको त्यो सपना पूरा गर्न सघाउने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रतिबद्धता व्यक्त गरेका छन्। महानगरपालिकाकाले बजेटको व्यवस्था गरिदिने भए बगैंचा बनाउन सहयोग गर्न कुनै समस्या नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बताए।