स्कुल बसको ठक्‍करबाट वृद्धको मृत्यु

स्कुल बसको ठक्‍करबाट वृद्धको मृत्यु

बेसीसहर : स्कुलको बसले ठक्‍कर दिँदा शुक्रबार लमजुङमा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।बेसीसहर नगरपालिका-१, उदिपुरको खहरे खोलामा स्कुल बसले ठक्‍कर दिँदा पैदलयात्री बेसीसहर नगरपालिका-४ पुरानोकोटका ७३ वर्षीय टकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो।

बेसीसहर नगरपालिका-१ स्थित गोल्डेन फ्युचर एकेडेमीको ना ३ ख ७३९४ नम्बरको बसले विद्यार्थी पुर्‍याएर फर्कने क्रममा शुक्रबार बिहान वृद्धलाई ठक्‍कर दिएको थियो।

बस र चालक सुन्दरबजार नगरपालिका- ८ का ४० वर्षीय रोशन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.