मेडिकल सिटीमा भेन्टिलेटर अभाव

मेडिकल सिटीमा भेन्टिलेटर अभाव

भरतपुर : कात्तिक १७ गते भेन्टिलेटरको अभावमा दुई वर्षको बालकको ज्यान गयो। पोखरा घर भई चितवनस्थित आफन्तकोमा आएका आदित्य पौडेलको मृत्यु भएको थियो। सामान्य ज्वरो आएपछि भरतपुरको नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटर चाहिने भन्दै नारायणीले मेडिकल कलेजमा रिफर गर्‍यो।

चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा १५ किलोभन्दा मुनिकालाई राख्ने भेन्टिलेटर नभएको भनेपछि हेलिकोप्टरबाट काठमाडौं लाने क्रममा अस्पताल नपुग्दै मृत्यु भएको थियो। ‘सामान्य ज्वरोको बिरामीलाई दुई दिन राखेर रिफर गरियो’, आदित्यकी हजुरआमा गंगा तिमिल्सिनाले भनिन्, ‘यति धेरै अस्पताल छन् तर भेन्टिलेटर छैन भनेर बिरामीले ज्यानै गुमाउनु जति लाजमर्दो कुरो अरू के होला ? ’ मेडिकल सिटीका नाममा बिरामीको ज्यानमाथि खेलबाड गर्नु चरम हेलचेक्र्याइँ भएको उनको आरोप छ।

त्यस्तै, गत भदौंमा आईसीयू अभावमा मंगलपुरका सलिम विकको मृत्यु भएको थियो। सर्पले डसेपछि अस्पताल पुर्‍याउँदा आईसीयू अभावमा भर्ना हुन नसक्दा मृत्यु भएको हो। भरतपुर महानगरपालिका ९ हाकिम चोकका देवनारायण सापकोटालाई ह्दयघात भएपछि भेन्टिलेटर नपाउँदा परिवारका सदस्य अत्तालिए। भरतपुरका सबै अस्पतालमा सम्पर्क गर्दा भेन्टिलेटर पाउन सकेनन्। तत्काल काठमाडौं लैजान असम्भव भएपछि परिवारले आश मारेका थिए।  राति चितवन मेडिकल कलेजमा एउटा बिरामी निकालेको मौकामा भेन्टिलेटर पाएपछि उनको ज्यान जोगियो। त्यही उपचारबाट उनले नयाँ जीवन पाएका छन्। ‘भेन्टिलेटर खोज्दा खोज्दै बिरामीको अवस्था खस्किँदै गयो’, उनका आफन्त रत्नमणि न्यौपानेले भने, ‘मेडिकल सिटी भनेर के गर्नू भेन्टिलेटर नपाउँदा ज्यान जान सक्ने खतराको पीडा भोग्नेलाई थाहा हुने रैछ।’

भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेजसहित करिब २० को हाराहारीमा अस्पताल छन्। यी अस्पतालमा भएका भेन्टिलेटर पनि कहिँलेकाँही मात्र काममा आउने भएकाले काठमाडौं पठाउनु पर्ने बाध्यता छ। यहाँका निजी अस्पतालमा भेन्टिलेटर फाट्टफुट्टमात्र छ। कतिपयमा आईसीयूसम्म छैन। शरीरमा अक्सिजनको मात्रा पर्याप्त नभएको अवस्थामा भेन्टिलेटरको प्रयोग गरी अंगलाई सक्रिय बनाइन्छ। खासगरि बिरामी सिकिस्त भएर श्वासप्रश्वासमा समस्या भएपछि यसको प्रयोग गरिन्छ। भरतपुरमा चितवन सहित १४ जिल्लाका बिरामी उपचार गराउन आउँछन्।

सर्पदंश, ज्वरो, मलेरिया, डेंगो, निमोनिया भएका बिरामीलाई पनि भेन्टिलेटरको समस्या हुने गरेको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन प्रकाश खतिवडाले बताए। उनले भने, ‘कहिलेकाँही निकै समस्या हुने गरेको छ।’ स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नतिसम्बन्धी निर्देशिका २०७० अनुसार सघन उपचार कक्ष (आईसीयू) मा प्रति दुई शड्ढयामा एक भेन्टिलेटर सुविधाको हुनुपर्छ। तर जिल्लाका अस्पतालहरूमा यो मापदण्ड पूरा गरिएको छैन।

एउटा भेन्टिलेटर खरिदका लागि २५ देखि ४० लाख रुपैयाँसम्म पर्छ। बिग्रेपछि मर्मतमा धेरै खर्च लाग्ने र मर्मत प्रक्रिया झन्झटिलो हुनाले धेरै कमले मात्र राख्ने गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.