पुरातात्विक महत्वको जग्गामा प्रहरीदेखि क्याफेसम्म

पुरातात्विक महत्वको जग्गामा प्रहरीदेखि क्याफेसम्म

ललितपुर : पाटन दरबार परिसरअन्तर्गत भण्डारखाल क्षेत्रको जग्गा विभिन्न निकायले ओगटेर बसेका छन्। २०१६ सालमा संस्कृतिविद् सत्यमोहन जोशीको अग्रसरतामा बनेको पुरातात्विक बगैंचा आसपासका जग्गामा प्रहरी प्रभाग मंगलबजार, पाटन म्युजियम क्याफे र राष्ट्रिय संस्कृति सम्पदा संरक्षण प्रयोगशाला (रसायन) कार्यालय छन्।

भण्डारखाल क्षेत्रमा कम्तीमा १७ रोपनी जग्गा रहेको दरबार हेरचाह तथा संरक्षण विभागका प्रमुख काजी प्याकुरेलले बताए। भूकम्पपछि यहाँ महानगरीय प्रहरी प्रभाग मंगलबजार सरेको हो। प्रहरीले पाटन संग्रहालय विकास समितिसँग समन्वय गरेर त्यहाँ बस्ने अनुमति लिएको हो। यो क्षेत्र पाटन संग्रहालयको निगरानीमा छ।

२०७० सालमा दरबारक्षेत्रको सुन्दरीचोक, मूल चोक, केशवनारायणचोक, भण्डारखाल बगैंचा पाटन संग्रहालयको अधिनमा आएको पाटन संग्रहालयका निमित्त निर्देशक सुरेशमान लाखेले जानकरी दिए। यतिबेला बगैंचाको गुरुयोजना बनिरहेको छ। ०१६ सालमा जोशीले नामकरण गरेको ‘पुरातात्विक बगैंचा’का सामान संग्रहालय तथा दरबार हेरचाहको भण्डारकक्षमा राखिएको पनि उनले बताए। दरबारभित्र सञ्चालित ‘पाटन म्युजियम क्याफे’ करिब २० वर्षदेखि टेन्डरमा दिइँदै आएको उनको भनाइ छ।

भूकम्पपछि यहाँ महानगरीय प्रहरी प्रभाग मंगलबजार सरेको हो।

क्याफेछेउमा आदर्शकन्या स्कुलसँगै रहेको टहरा तत्कालीन समयमा दरबारको जग्गा विद्यालयले मिच्न थालेपछि बनाइएको विभागका प्रमुख प्याकुरेलले जानकारी दिए। टहरामा पाटन संग्रहालयको कार्यालय छ। यहाँ राष्ट्रिय सांस्कृतिक सम्पदा संरक्षण प्रयोगशाला (रसायन)का तीनचार भवन पनि छन्, जुन ०४० सालतिर भण्डारखाल बगैंचामा बनेका छन्।

प्रहरी अस्थायी रूपमा बसेको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता शेखर खनालले जानकारी दिए। ‘एकदमै संवेदनशील क्षेत्र भएकाले बस्नैपर्ने हुन्छ। विकल्प मिल्नासाथ त्यहाँबाट हट्छौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.