उत्पादन र व्यापारतर्फ भ्याट न्यून

उत्पादन र व्यापारतर्फ भ्याट न्यून

काठमाडौं : चालू आर्थिक वर्ष मूल्य अभिवृद्धि कर (भ्याट) असुली लक्ष्यभन्दा न्यून भएको छ। आर्थिक वर्ष २०७५/०७६ को पहिलो चार महिनामा आन्तरिकतर्फ ‐उत्पादन, बिक्री तथा सेवा) को भ्याट असुली लक्ष्यभन्दा चार अर्ब ६४ करोड रुपैयाँ कम छ। 

अर्थ मन्त्रालयका अनुसार चालु आवको कात्तिक मसान्तसम्म २८ अर्ब एक करोड ५५ लाख ३६ हजार रुपैयाँ भ्याट संकलन भएको छ। सरकारले चौमासको लक्ष्य ३२ अर्ब ६५ करोड ७० लाख ८० हजार रुपैयाँ राखेको थियो। मन्त्रालयले निर्धारण गरेको लक्ष्यभन्दा यो १४ प्रतिशत कम हो। अर्थ मन्त्रालयका अनुसार कात्तिकमा भ्याट संकलन लक्ष्यभन्दा १३.६१ प्रतिशत कम छ। बजारमा व्याप्त राजस्व चुहावटका कारण भ्याट संकलनमा गिरावट आएको हो। चालु आव गत वर्षको तुलनामा २९ प्रतिशत राजस्व वृद्धि गर्ने सरकारी लक्ष्य छ। यद्यपि, यो वर्ष भ्याट संकलनको लक्ष्य प्रतिकूल बनिरहेको छ।

सरकारले मुख्य गरी उत्पादन क्षेत्र, बिक्रीवितरण, पर्यटन, रिभर्स चार्ज, ठेक्का तथा परामर्श र सेवा क्षेत्रबाट भ्याट संकलन गर्छ। सबैभन्दा धेरै कारोबार हुने चाडपर्वको समयमा समेत लक्ष्यअनुसार भ्याट संकलन नभएको तथ्यांकले देखाएको छ। गत वर्षको यस अवधिको तुलनामा असुली वृद्धिदर १६ प्रतिशत मात्रै छ। आव २०७४/७५ मा आव २०७३/७४ को तुलनामा २६ प्रतिशतको वृद्धि थियो। चालु आवमा भ्याटको वृद्धि आयातमा निहीत छ।

 आयात उच्च हुँदा यस वर्ष आयाततर्फको भ्याट गत वर्षको तुलनामा ४१ प्रतिशत वृद्धि भएको छ। सरकारी क्षेत्रबाट उठ्ने भ्याटमा समेत तुलनात्मक कमी आएको आन्तरिक राजस्व विभागका यज्ञ ढुंगेलले बताए। विगतमा बढी भ्याट बुझाउने संस्थाबाट पनि यसपालि कम भ्याट संकलन भएको उनले बताए। दसैंतिहारको बीचमा कर्मचारीको लामो छुट्टीका कारण बजार अनुगमन हुन नसक्दा त्यसको प्रभाव भ्याट असुलीमा परेको उनले दाबी गरे।

 आन्तरिक भ्याट संकलनसमेत लक्ष्यअनुरुप हुन नसक्दा समष्टिगत राजस्व संकलन लक्ष्य अनुरुप हुन नसकेको भन्दै भ्याट असुली कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ। आन्तरिक बजार अनुगमन फितलो बन्दा सरकारले विभिन्न सेवामा लगाउँदै आएको आन्तरिकतर्फको भ्याट लक्ष्यअनुसार उठाउन नसकेको अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन्। गत वर्षको चौमासको तुलनामा यसपटक व्यापार क्षेत्रबाट अपेक्षाकृत भ्याट संकलनको वृद्धि शून्य बराबर रहेको आन्तरिक राजस्व विभागको तथ्यांकले देखाएको छ। यसबाट विभाग नहुँदा लक्ष्यबाट चुकेको देखिएको छ। विभागका अनुसार बिक्री तथा वितरण शीर्षकमा भ्याट संकलनको वृद्धिदर ०.८० प्रतिशत ऋणात्मक देखिएको छ।

 अधिकांश कारोबार बिलिङ प्रणालीमार्फत नहुँदा भ्याट संकलनमा प्रभावकारी हुन सकेको छैन। उत्पादन क्षेत्रमा पनि साढे चार प्रतिशत वृद्धि देखिएको छ। व्यापारका क्षेत्रमा भ्याट असुलीमा सुधार नआउँदा भ्याटमा सुधार आउन नसकेको ढुंगेल बताउँछन्। गत आवको चौमासमा पर्यटन क्षेत्रबाट २४ प्रतिशत र रिभर्स चार्जबाट ३४.८२ प्रतिशतको हाराहारीमा भ्याट संकलन वृद्धि भएको तथ्यांकले देखाएको छ। चालु आव तीन महिनामा पनि भ्याट संकलन लक्ष्य प्रतिकुल देखिएको थियो। चाडपर्व ढिलो सुरु भएकाले भ्याट संकलनमा कमी आएको हुन सक्ने विभागको आँकलन थियो।

 कात्तिक मसान्तमा भ्याट संकलनमा उल्लेखनीय वृद्धि हुने उसको अपेक्षा थियो। अन्य समयको तुलनामा चाडपर्वमा बढी कारोबार हुन्छ। यद्यपि, चाडपर्वको समाप्तीपछि समेत भ्याट लक्ष्यअनुसार उठ्न सकेको छैन।सरकारले २१ वर्ष अघि आन्तरिक राजस्वको मुख्य आधारका रूपमा वस्तु तथा सेवामा भ्याट लगाउन सुरु गरेको थियो।

 नियमानुसार करदाताले प्रत्येक महिना आफूले बुझाउनुपर्ने कर रकम निर्धारण गरी सो महिना समाप्त भएको २५ दिनभित्र कर दाखिला गरी विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ। कारोबार नै नभएको विवरण बुझाउने र विवरण नै नबुझाउने स्थितिले भ्याटको कार्यान्वयन फितलो भएको हो। चालु आवमा मात्र भ्याटमा दर्ता हुने करदाताको संख्या १४ हजार दुई सय ७५ पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.