९५ वर्षमा बल्ल नागरिक ! भने : सिंहदरबार गाउँमै आएछ

९५ वर्षमा बल्ल नागरिक ! भने : सिंहदरबार गाउँमै  आएछ

बेसीशहर : बुढ्यौलीले अनुहार मुझा परेका छन् । झुस्स फुलेका दारी काट्ने कुनै जाँगर छैन । दिशापिसाव गर्न शौचालय जानसमेत सहारा चाहिन्छ । 

९५ वर्षको बुढ्यौलीले गलेका बेसीशहर–१ उदीपुर पौडेल गाउँ निवासी सूर्यप्रसाद वस्तीको अनुहारमा बुधबार एकाएक चमक आयो । खुसी नहुन् पनि किन, जब उनले ९५ वर्षमा नागरिकता पाए ।

सूर्यप्रसादलाई आजसम्म नागरिकता चाहिएकै थिएन । जिन्दगीमा उनले आफ्नो परिचय दिन कतै नागरिकता देखाउनु परेन । ७० वर्षदेखि वृद्धभत्ता बुझ्दै आएका थिए, त्यसका लागि नागरिकता अनिवार्य थिएन । ‘बुवाले अस्थायी निस्साको आधारमा सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनुभएको थियो,’ कान्छा छोरा नारायणप्रसाद वस्तीले बताए ।

सरकारले चालु आर्थिक वर्षदेखि वृद्धभत्ता लिन नागरिकता अनिवार्य गर्यो । स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन थाल्यो, अनि मात्रै सूर्यप्रसादका लागि नागरिकता जरुरी पर्यो । ‘अहिलेसम्म अस्थायी निस्साले चलेको थियो, उनले भने, ‘नागरिकता नभई बैंकमा खाता खोलिदोँरहेनछ, बल्ल चाहियो ।’

हिंडडुल गर्न नसक्ने वस्तीलाई प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले घरमै पुगेर नागरिकता दिएका हुन् । यसअघि २०३७ सालमा गाउँमा आएको टोलीबाट उनले अस्थाई निस्सा लिएका थिए । 

‘वृद्धाअवस्थामा रहेका वस्तीलाई घरमै आएर नेपाल सरकारले दिने सुविधा दिन पाउँदा खुसी छु, प्रजिअ ढकालले भने, ‘जेष्ठ नागरिक, असक्तलाई कार्यालयसम्म आउनु पर्दैन । पक्रिया पुगेपछि फिल्डमै सेवा दिन सकिन्छ ।’ 

सबै पक्रिया पुरा गराएर नागरिकता फाँटको अभिलेख किताबसहित प्रजिअ ढकालको टोली कार्यालय समयपछि वस्तीको घर पुगेको थियो । 

बैँकले नेपाली नागरिकता खोजेपछि विगत १ बर्षदेखी बस्तीले बृद्धा भत्ता बुझेका छैनन । ‘बृद्ध अवस्थाका बुबालाई के दुःख दिने भनेर नागरिकता बनाउन सदरमुकाम गएका थिएनौ’, छोरा नारायणप्रसादले भने, ‘अहिले सिडियो सर घरमै आएर नागरिकता दिँदा धेरै सहज भयो । सिंहदरबार गाउँमा होइन घरमै आएको अनुभूति भयो ।’ १९७९ मा जन्मिएका वस्तीले २०३६ सालमा लिएको अस्थायी निस्सामा जन्म मिति १९९१ जेठ २० रहेको छ । त्यसै मितिलाई आधार मानेर नागरिता दिइएको प्रशासनले जनाएको छ ।

१९९० सालको भूकम्पपछि वस्तीका परिवार तनहुँको भन्सारबाट लमजुङको उदिपुर बसाई सरी आएको थियो । वस्तीका २ छोरा र ३ छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.