मेगा बैंक र ज्योति लाइफइन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गगरे ।
यो सम्झौतापछि मेगा बैंकका जीवनबीमा गर्न चाहने र गरिरहेका ग्राहकलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट लाइफ इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्तगर्न सक्नेछन् ।
मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २ हजार ३ सय भन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।