एसिया प्यासिफिक सम्मेलन : लोहनीले गरे डिनर बहिस्कार
राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले शुक्रबार हुने एसिया प्यासिफिक समिटमा नजाले घोषणा गरेका छन्। क्रिश्चियन धर्मको प्रचारका लागि उक्त सम्मेलन आयोजना गरिएको भन्दै बोलाइएको डिनर कार्यक्रम बहिस्कार गरेको उनले फेसबुकमार्फत जनाएका हुन्।
'दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारिकरणको लागि नेपालका प्रधानमन्त्रीसहित १५०० दम्पतीलार्इ चर्चका गुरुबाट आशिर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपालसरकार संलग्न हुनु दुर्भाग्य हो' लोहनीले आफ्नो फेसबुकमा लेखेका छन्, 'नेपालको लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तराष्ट्रीय बजारमा प्रवर्धन गर्ने र उक्त चर्चका इसाइ पादरीबाट नेपालका ठुलाबडाका दम्पतीसहित आशिर्वाद लिने काममा सिमित रहेको देखिन्छ।'
उक्त स्ट्याटसमा उनले 'यो अर्थहीन अभियानमा सहभागि हुन चाहान्न र यसै सन्दर्भमा यस कार्यक्रमको लागि बोलाइएको डिनर निम्ता बहिस्कार पनि गर्दछु' समेत भनेका छन्।