राजपा अध्यक्ष मण्डलको बैठक स्थगित
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो बोलाइएको बैठक विषय प्रवेश नै नगरी स्थगित भएको हो।
राजपा महासचिव केशब झाका अनुसार पार्टीका पूर्व संयोजक समेत रहेका महन्थ ठाकुरको स्वास्थ्य अवस्था ठिक नभएकाले बैठक स्थगित भएको हो।
'मलार्इ सञ्चो छैन म भारतबाट आएपछि छलफल गरौंला भनेर नेता ठाकुरले छलफलमा भन्नुभयो' नेता ठाकुरलार्इ उदृत गर्दै महासचिव झाले भने,'त्यसैले बैठक औपचारिक विषयमा प्रवेश गर्न सकेन।'