थ्रीस्टार शीर्ष स्थानमा

थ्रीस्टार शीर्ष स्थानमा

काठमाडौं : थ्रीस्टार क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल तालिकाको पहिलो स्थानमा उक्लिएको छ। शुक्रबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २-० गोलले पराजित गर्दै थ्रीस्टार पहिलो स्थानमा उक्लिएको हो।

जितसँगै थ्रीस्टारले मनाङ मस्र्याङ्दी क्लबलाई दोस्रो स्थानमा धकेलिदिएको छ। थ्रीस्टार मनाङको समान १२ अंक भए पनि गोल भिन्नताका आधारमा थ्रीस्टार पहिलो स्थानमा छ। थ्रीस्टारले पाँच खेलबाट १२ अंक जोडेको छ भने एक खेल कम खेलेको मनाङको पनि १२ अंक नै। थ्रीस्टारसँग पराजय बेहोरेको एपीएफले पाँच खेलबाट चार अंक जोडेको छ। एपीएफ लिगको नवौं स्थानमा छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्रीस्टारलाई सहज जित दिलाउन रञ्जन विष्ट एक्लैले दुई गोल गरे। खेलको २५औं मिनेटमा सुनिल बलको पासमा गोल गरेका रञ्जनले दोस्रो हाफको ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै थ्रीस्टारलाई २-० को जित दिलाए। रञ्जन खेलको म्यान अफ दी म्याच पनि चुनिए।

पुलिसको सहज जित

नीरकुमार राईको दुई गोलको मद्दतमा विभागीय टोली नेपाल पुलिस क्लबले न्युरोड टिम एनआरटीलाई ३-० गोलले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा भएको पाँचौं चरणको पहिलो खेलमा पुलिसले एनआरटीलाई फराकिलो गोल अन्तरले पराजित गरेको हो। पुलिसका लागि नीरकुमार राईले दुई तथा अभिषेक रिजालले एक गोल गरेका थिए।

पुलिसले पहिलो हाफमा एक तथा खेलको दोस्रो हाफमा दुई गोल गरेको थियो। खेलको ४०औं मिनेटमा रवि पासवानको पासलाई सदुपयोग गर्दै नीरकुमार राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ६६औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि खेलको ८२औं मिनेटमा नीरकुमारले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले ३-० को सहज जित हात पार्‍यो। पुलिसलाई तेस्रो जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका नीरकुमार खेलको म्यान अफ दी म्याच चुनिए।

लगातार तेस्रो जित निकालेको पुलिसले पाँच खेलबाट १० अंक जोडेको छ। अहिलेसम्म पाँच खेल खेलिसकेको पुलिस तीन खेलमा जित, एक बराबर र एक खेलमा हार बेदोर्दै लिगको चौथोे स्थानमा छ। त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाको समान १० अंक भए पनि गोलभिन्नतामा पुलिस चौथोे स्थानमा छ। विभागीय टोली आर्मी लिगको तेस्रो स्थानमा छ। लगातार चार खेलमा पराजय भोगेको एनआरटीको भने एक अंक मात्र छ।

लिगअन्तर्गत शनिबार पनि दुई खेल हुनेछ। एन्फा कम्प्लेक्स सातदोबाटो हुने पहिलो खेलमा च्यासल युथ क्लबले संकटा क्लबको सामना गर्नेछ भने अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.